रुपन्देही-३ मा गृहमन्त्री खाणको अग्रता कायमै

रुपन्देही-३ मा गृहमन्त्री खाणको अग्रता कायमै

भैरहवा : रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा गृहमन्त्री बालकृष्ण खाणले अग्रता कायम राखेका छन्।

रुपन्देही-३ मा प्रतिनिधिसभा सदस्य पदमा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाण र तीन दलीय तर्फबाट राप्रपाका वरिष्ठ नेता दीपक बोहरासहित २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

रुपन्देही-३ प्रतिनिधि सभा सदस्यको सोमबार दिउँसो देखि मतगणना सुरु भएको हो। मतगणना सुरु भएदेखि खाणले अग्रता कायम राखेका छन्। मंगलबार दिउँसो राप्रपाका बोहराले अग्रता लिएपनि खाणले पुन: बोहरालाई पछि पार्दै ४ सय १५ मतले आफ्नो अग्रता कायम राखेका छन्।

रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार रुपन्देही क्षेत्र ३ को प्रतिनिधिसभाको १९ हजार १ सय ५१ मतगणना हुदा खाणले सात हजार तीन सय ३८ मत प्राप्त गर्दा बोहराले ६ हजार नौ सय २३ मत प्राप्त गरेका छन्।

हाल सम्म रुपन्देही क्षेत्र नम्बर ३ अन्तर्गत मायादेवी गाउँपालिका वडा नम्बर ७ र ८, तिलोत्तमा नगरपालिका वडा नम्बर १४, ओमसतिया गाउँपालिका वडा नम्बर २, सियारी गाउँपालिका वडा नम्बर १, सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.