मुख्यमन्त्री लालबाबु राउत पुन : निर्वाचित, कांग्रेसका कुर्मी १३३३ मतले पराजित
वीरगन्ज : मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्धी पुन : प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। पर्सा क्षेत्र नम्बर १ (ख) मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राउत ७ हजार ५ सय ४५ मतले निर्वाचित भएका हुन्।
राप्रपाका उम्मेदवार विनय झाले २ हजार ८ सय ४१ मतका साथ तेस्रो स्थानमा रहे भने चौथो स्थानमा रहेका हाम्रो नेपाली पार्टीका उम्मेदवार बनेका ओम प्रकाश सर्राफले २ हजार २९ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार शशीकपुर मियाँले भने १ हजार ८० मत पाएका छन्।
२०७४ को निर्वाचनमा राउत यहि क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरम ( हालको जसपा) को उम्मेदवार बनेर ९ हजार ८ सय ४ मतका साथ विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार विय सर्राफले ६ हजार ८ सय २९ मत मात्रै पाएका थिए।