पर्सा १ (क) को प्रदेशसभा सदस्यमा माओवादीका रहबर विजयी

पर्सा १ (क) को प्रदेशसभा सदस्यमा माओवादीका रहबर विजयी

वीरगन्ज : पर्सा क्षेत्र नम्बर १ को (क) को प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित भएका छन् । पाँच दलीग गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८ सय १७ मतका प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

उनका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार विचारी यादवलले ५ हजार ६ सय १८ मत पाएका छन् । अन्सारी र यादव बीचको मतान्तर १ हजार १ सय ९९ रहेको छ । 

स्वतन्त्र उम्मेदवार जन्नत अन्सारी भने ५ हजार २ सय ८६ मत र अर्का स्वतन्त्र उम्मेदवार सुधिर पटेलले ४ हजार ५४ मत पाएका छन् । २०७४ को निर्वाचनमा सिंह पर्सा १ (क) को प्रदेशसभा सदस्यमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका जन्नत अन्सारी ८ हजार ५ सय ९३ मतका साथ विजयी भएका थिए ।

उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रामनारायण कुर्मीले ७ हजार १ सय ७१ मत पाएका थिए । माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी भने ६ हजार ७ सय ९४ मतका साथ तेस्रो भएका थिए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.