अघिल्लो पटक ९५ मतले हारेका कांग्रेसका सिंह यसपालि फराकिलो मतान्तरले विजयी

अघिल्लो पटक ९५ मतले हारेका कांग्रेसका सिंह यसपालि फराकिलो मतान्तरले विजयी

वीरगन्ज :  गत निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ को (ख) को प्रदेशसभा सदस्यमा झिनो मतान्तरले पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार जनार्दन सिंह क्षेत्री यसपालि भने निर्वाचित भएका छन् । 

कांग्रेसका जिल्ला सभापतिसमेत रहेका सिंह यसपालि २ हजार ६ सयभन्दा बढी मतान्तरले प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । सिंह १० हजार १ सय ७२ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

निकटतम प्रतिस्पर्धी जसपाकी उम्मेदवार डा. मधु गुप्तालाई २ हजार ६ सय ७६ मतको अन्तरले पराजित गर्दै सिंह प्रदेशसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए । सिंह १० हजार १७२ मतले विजयी हुदा उनका निकटतम प्रतिस्पर्धी डा. गुप्ताले ७ हजार ४ सय ९६ मत पाएकी छन् । यसअघि जितेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रहलाद गिरीले भने ६ हजार ५ सय ३ मत मात्रै पाएका छन् । 

२०७४ को निर्वाचनमा सिंह , पर्सा ३ (ख) कै प्रदेशसभा सदस्यमा तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार प्रहलाद गिरिसंग ९५ मतको झिनो मतान्तरले मात्रै पराजित हुन पुगेका थिए । त्यस बेला गिरि ६ हजार ३ सय ४५ मतका साथ विजयी हुदा सिंहले भने ६ हजार २ सय ५० मत पाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.