कञ्चनपुर-२: प्रदेश सभामा भाट र थापा विजयी

कञ्चनपुर-२: प्रदेश सभामा भाट र थापा विजयी

महेन्द्रनगर: कञ्चनपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा (क) र (ख)मा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन । निर्वाचन क्षेत्र २ (क) मा माओवादी केन्द्रका ओम विक्रम भाट निर्वाचित भएका हुन् । भाटले १० हजार ९२५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बचनबहादुर सिंहले १० हजार ४५० मत ल्याएका छन्। 

त्यसैगरी नागरिक उन्मुक्तिकी गीता चौधरीले ५ हजार १५२ र राप्रपाका चन्द्रकान्त भण्डारीले ३ हजार ५७ पाएका छन ।  यहाँ ५४ हजार ६८८ मध्ये ३३ हजार ९७५ मत खसेको थियो ।
प्रदेशसभा २(ख) मा नेपाली कांग्रेसका उम्मेदवार बहादुरसिंह थापा विजयी भएका छन । थापाले नेकपा एमाले उम्मेदवार कृपाराम रानालाई १ हजार ७२६ मतले पछि पार्दै जित निकालेका हुन्। 

थापाले १० हजार ६६८ मत प्राप्त गर्दा प्रतिस्पर्धी रानाले  ८ हजार ९४२ मत पाए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.