बारा ४ (ख) को प्रदेशसभा सदस्यमा सोनल पुनः निर्वाचित

बारा ४ (ख) को प्रदेशसभा सदस्यमा सोनल पुनः निर्वाचित

वीरगन्ज : बाराको क्षेत्र नम्बर ४ (ख) को प्रदेशसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जितेन्द्र सोनल पुनः निर्वाचित भएका छन्। 

पाँच दलीय गठबन्धनका समेत उम्मेदवार रहेका सोनल निकटतम प्रतिस्पर्धीभन्दा निक्कै फराकिलो मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। 

सोनल १३ हजार ५ सय ९६ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जसपा-एमाले उम्मेदवार आत्माराम साह ८ हजार २ सय ६९ मत मात्रै पाएका छन्। सोनल र साह बीचको मतान्तर ५ हजार ३ सय २७ रहेको छ। 

मधेस प्रदेश सरकार पूर्वमन्त्री र लोसपाका प्रदेश अध्यक्षसमेत रहेका सोनल २०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट १३ हजार १ सय १८ मतका साथ निर्वाचित भएका थिए।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.