कञ्चनपुर- २ मा कांग्रेसका एनपी साउँद विजयी

कञ्चनपुर- २ मा कांग्रेसका एनपी साउँद विजयी

महेन्द्रनगर : कञ्चनपुर निर्वाचन क्षेत्र नमबर २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउँद विजयी भएका छन् उनी ६ हजार चार सय ५५ मतान्तरले विजयी भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनीक गरेको अन्तिम मतपरिणाम अनुसार साउँदले २८ हजार १०० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मात प्राप्त गरेका छन्। 
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार नौ सय ३१ मत प्राप्त गरे।। राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले तीन हजार पाँच सय १० मत प्राप्त गरे।  

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ६४ हजार सात सय ५२ मत खसेको थियो। जसमा चार हजार नौ सय २० मत बदर भएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.