दैलेख–१ (ख) मा कांग्रेसका कृष्णकुमार बिसी विजयी

दैलेख–१ (ख) मा कांग्रेसका कृष्णकुमार बिसी विजयी

दैलेख : दैलेखको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तरगर्त प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका कृष्णकुमार बिसी विजयी भएका छन्। उनी एक हजार ७६ मतान्तरले विजयी भएका हुन्। 

यो प्रदेश सभामा जम्मा खसेको मत २३ हजार ३ सय ४३ गणना गर्दा बिसी १० हजार ५ सय ४४ मतसहित विजयी भएका हुन्।  प्रदेश सभामा निर्वाचित बिसी २०७४ को निर्वाचनमा दैलेख–१, प्रदेश सभा (क) मा पराजित भएका थिए। गठबन्धनको बलमा यस पटक प्रदेश सभा (ख) बाट निर्वाचित भएका हुन्। प्रदेश सभामा निर्वाचित बिसीलाई सत्ता गठबन्धनको साथ थियो।

उनका निकटत् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर थापाले ९ हजार ४ सय ६८ मत प्राप्त गरेका छन्। एमालेका थापा निवर्तमान जिल्ला समन्वय समितिको प्रमुख हुन्। यो प्रदेश सभा अन्तरगर्त दैलेखका नौमूले र महाबु गाउँपालिका र नारायण नगरपालिका पर्दछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.