नुवाकोट २ 'क' मा माओवादीका ढुंगाना विजयी
नुवाकोट : नुवाकोटको निर्वाचन क्षेत्र २ को प्रदेश १ मा नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना विजयी भएका छन्।
उनले एमालेका केशवराज पाण्डेलाई ४ सय ४८ मतले पराजित गरेका हुन्।
सो प्रदेशको ३२ हजार ७० सदर मतमध्ये ढुङ्गानाले १२ हजार १ सय १० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पाण्डेको मत ११ हजार ६ सय ६२ रहेको छ।
सो प्रदेश क्षेत्रमा बेलकोटगढी नगरपालिका पुरै र विदुर नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, १० र ११ रहेको छ। सत्ता गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको प्रदेश निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका गीता अमात्यको समेत उम्मेदवारी परेको थियो।
उम्मेदवारी फिर्ता लिने समय गुजारेरपछि फेसबुकमा उम्मेदवारी फिर्ता लिएका अमात्यले ४ हजार ६२ मत पाएकी छिन्। प्रदेश सभा सदस्यमा विजयी भएपछि रामप्रसाद ढुंगानाले आफूले आफ्नो प्रदेश क्षेत्रमात्र नभई समग्र नुवाकोटको परिवर्तन र विकासमा क्रियाशील हुने बताए।