स्याङ्जा र दोलखाको मतगणनामा अल्झन

स्याङ्जा र दोलखाको मतगणनामा अल्झन

स्याङ्जा/दोलखा : निर्वाचन भएको पाँच दिनसम्म पनि स्याङ्जा २ र दोलखाको मतगणना हुन सकेको छैन। स्याङजाका चार बुथमा धाँधली गरी बुथ कव्जा भएको आरोप एमालेले लगाएको छ। उक्त पार्टीका नेता, कार्यकर्ता पुनः मतदानको माग गर्दै चरणबद्ध रुपमा धर्ना बसेका छन्। कांग्रेससहित सत्ता गठबन्धनका नेता, कार्यकर्ता भने मत गन्नुपर्ने धर्नासहित विरोधका कार्यक्रम गरिरहेका छन्। निर्वाचन अधिकृतको कार्यालय रहेको वालिङ नगरपालिकाको एक गेटमा एमाले र अर्काे गेटमा कांग्रेसले दिनभर बिरोध कार्यक्रमसहित धर्ना दिएका छन्।

चापाकोट नगरपालिकाका ३, ४ र ५ का दिसिङकोट, राममन्दिर, दिनदलाय, चिठ्ठीपोखरी बुथमा कांग्रेसले धाँधली गरेको आरोप लगाउँदै एमालेले मतगणना रोकेको छ। एमालेले निर्वाचन आयोगमा उजुरी दर्ता गरेको जनाएको छ।

एमाले उम्मेदवार पद्मा अर्यालले गठबन्धनले डरधम्की देखाउँदै मतपत्र कब्जा गरेको आरोप लगाइन्। कांग्रेस उम्मेदवार धनराज गुरुङले भने मतगणना प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन्। निर्वाचन कार्यालय वरपर दुवै दलले धर्ना दिँदै आएका छन्। 

निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले निर्वाचन आयोगलाई सूचना पठाइसकेको बताए। उनले भने, ‘आयोगले कुनै किसिमको निर्णय नपठाएका कारण मतगणना वा मतदान केही गर्न सकेनौं।’ 
उनका अनुसार मंसिर ४ मा मतदान सकेपछि भोलिपल्ट नै सर्वदलीय बैठक बोलाएर सहमति गर्न खोज्दा असहमति जनाएका कारण मतगणना प्रक्रिया सुरु हुन सकेन। ‘अब निर्वाचन आयोगको निर्णय कुर्दै बसेका छौं। आयोगको निर्देशनबमोजिम हामीले गर्नेछौं। यो हाम्रो क्षेत्राधिकारभित्रको कुरा भएन। निर्वाचन आयोगले जे भन्छ त्यही गर्ने हो,’ अधिकृत शर्माले भने। 

स्याङ्जा २ मा गठबन्धनबाट धनराज गुरुङ र एमालेबाट पद्ममा अर्याल प्रतिनिधिसभा सदस्य पदका प्रत्यासी छन्। गुरुङ कांग्रेसका केन्द्रीय उपसभापति र अर्याल एमालेका सचिव हुन्। अर्याल यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद हुन्। गुरुङ २ पटक समानुपातिकबाट सांसद बनिसकेका छन्। प्रत्यक्षतर्फ उनको पहिलो उम्मेदवारी हो। 

दोलखामा गठबन्धनले आठ मतदान केन्द्रमा बुथ कब्जा गरी फर्जी मत खसालेको आरोपसहित एमालेले आयोगमा उजुरी गरेपछि मतगणना हुन नसकेको हो। गठबन्धनका उम्मेदवार तथा नेता, कार्यकर्ताले मंसिर ४ गतेदेखि गणनाको माग गर्दै सदरमुकाम चरिकोटमा नाराबाजी, राँके जुलुस गरिरहेका छन्। गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीका गंगा कार्की र कांग्रेसका केन्द्रीय सदस्य एवं प्रदेशसभा १ का उम्मेदवार कुन्दनराज काफ्ले, कांग्रेस दोलखाका सभापतिसमेत रहेका प्रदेशसभा २ का उम्मेदवार बर्मा लामा सहितको टोलीले मतपेटिका राखिएको सदरमुकाम चरिकोटस्थित गौरीशङ्कर क्याम्पस प्राङ्गणमा बिहीबार पनि बजारमा नाराजुलस गरेका थिए।

एमालेले उजुरी गरेको तेस्रो दिन बुधवार आयोगबाट सहसचिव यज्ञप्रसाद भट्टराईको संयोजकत्वमा गुरु वाग्ले र मोहनराज जोशी सदस्य रहेको टोली दोलखा आएको थियो। उक्त टोलीले सरोकारवाला निकायसँग छलफल तथा बुथ कब्जा भएको भनिएका मतदान केन्द्रको स्थलगत अनुगमन गरेको छ। तर, निष्कर्ष दिईनसकेकाले अझै मतगणना या पुनः मतदान के हुने भन्ने अन्योल रहेको नेताहरू बताउँछन्।

एमाले दोलखाले मतदान सम्पन्न भएलगतै बैतेश्वर गाँउपालिका १, २, ३ र ६, तामाकोशी गाँउपालिका ३, मेलुङ गाउँपालिकार ४, गौरीशंकर गाउँपालिका २, कालिञ्चोक गाउँपालिका १ र शैलुङ गाउँपालिका २ मा गठबन्धन दलले बुथ कब्जा गरी फर्जी मत खसालेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखामा उजुरी गरेको थियो। सामाजिक संजालमा बिहीबार बेलुकादेखि मत गणना हुने भन्ने हल्ला फैलिएको छ। ‘तर निर्वाचन आयोगले आधिकारिक निर्णय लिईसकेको छैन। आयोगको निर्णय अनुसार नै अगाडि बढ्ने तयारी भैरहेको छ,’ निर्वाचन आयोगका अधिकृत डिल्लीरत्न श्रेष्ठले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.