नुवाकोटमा समानुपातिकमा कांग्रेस पहिलो

नुवाकोटमा समानुपातिकमा कांग्रेस पहिलो

नुवाकोट : नुवाकोटमा समानुपातिकतर्फ नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ कांग्रेसले ३५ हजार ८३६ मत पाएको छ। नेकपा एमालेले ३१ हजार ५१५ मत पाएको छ। 

    
एमालेले पाएको मत कांग्रेसको भन्दा चारहजार तीनसय २१ मत कम हो। सत्तारूढ दलमध्येको नेकपा माओवादी केन्द्रले २५ हजार ५६१ मत पाएको छ। 
    
राष्ट्रिय स्वतन्त्र पार्टीले १६ हजार २८३, राप्रपाले आठ हजार ४५३ र नेकपा एकीकृत समाजवादीले ९५८ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नुवाकोट १ मा सत्तारूढ गठबन्धनका माओवादी केन्द्रका हितबहादुर तामाङ र नुवाकोट २ मा कांग्रेसका अर्जुननरसिंह केसी विजयी भएका थिए। 
    
प्रदेशसभातर्फको समानुपातिकतर्फ पनि नुवाकोटमा कांग्रेस नै पहिलो भएको छ। कांग्रेसले ३६ हजार ३३७ मत पाएको कार्यालयले जनाएको छ।

नेकपा एमालले ३६ हजार दुई सय ८५ मत पाएर दोस्रो भएको छ। माओवादी केन्द्रले २९ हजार ६९२ मत पाएको छ। राप्रपाले १० हजार १७३ मत र नेकपा एकिकृत समाजवादीले एक हजार ५३८ मत पाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.