अप्राकृतिक मैथुनका लागि दबाब दिएपछि नाबालकले गरे ४३ वर्षीय पुरुषको हत्या

अप्राकृतिक मैथुनका लागि दबाब दिएपछि नाबालकले गरे ४३ वर्षीय पुरुषको हत्या

सिमरा : बारा कोल्हबीका ४३ वर्षीय पुरुषको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक नाबालकलाई पक्राउ गरेको छ। 

कोल्हबी नगरपालिका-११ रामपूर्वाका परीक्षण चौधरीको हत्या अभियोगमा प्रहरीले नाबालकलाई पक्राउ गरेको हो।  

जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेका नाबालकले चौधरीको हत्या आफूले गरेको स्वीकार गरेका छन्। चौधरीको शव फेला परेको केही घण्टामै पक्राउ परेका नाबालकले कारणसहित हत्या स्वीकार गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। 

घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बोगटीले नाबालकलाई अप्राकृतिक मैथुनका लागि चौधरीले जबरजस्ती गरेको र सोही कारण नाबालकले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 

बोगटीका अनुसार मंसिर १३ गते राति चौधरीको हत्या भएको र १४ गते बिहान ९ बजे खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको थियो। 

प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार घटनाको दिन चौधरी र नाबालक गाउँकै मेला गएका थिए। मेलामा दुवैले मदिरा सेवन गरे। 

मेलाबाट फर्कने क्रममा चौधरीले नाबालकलाई अप्राकृतिक मैथुनका लागि प्रस्ताव गरे। नाबालकले अस्वीकार गरेपनि चौधरीले जबरजस्ती गरिरहे।  

आफूमाथि जबरजस्ती हुन थालेपछि नाबालकले चौधरीको अनुहारमा मुक्का प्रहार गरे। त्यसलगत्तै चौधरी भुईमा बजारिए। सोही बेला नाबालकले नजिकै रहेको दाउराले चौधरीको टाउकोमा पटकपटक प्रहार गरे। आवेगमा आएका नाबालकको प्रहारबाट चौधरी मुर्छित बने र घटनास्थल रक्ताम्य बन्न पुग्यो। 

त्यसलगत्तै नाबालक आफ्नो घरमा गएर कोदालो लिएर आए। उनले स्थानीय सियाराम चौधरीको गोठ नजिकै खाल्डो खनेर चौधरीको शव गाडिदिए। शव गाडेर नाबालक घरमा गएर सुतेका थिए। 

स्थानीयले शव देखेपछि कोल्हबीस्थित इलाका प्रहरी कार्यालयमा सूचना दिए। प्रहरी तत्कालै घटनास्थल आइपुगे। हत्यारा पत्ता लगाउन प्रहरीले कुकुर समेत प्रयोग गर्‍यो। तर कुकुरले पत्ता लगाउन सकेन। 

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गर्‍यो। अनुसन्धानका क्रममा चौधरी घटनाको अघिल्लो रात नाबालकसँग रहेको खुल्न आयो। त्यसलगत्तै प्रहरीले नाबालकलाई घरबाट नियन्त्रणमा लिएर बयान लिन थाल्यो। बयानका क्रममा नाबालकले घटना स्वीकार गरे।

आफूमाथि अप्राकृतिक मैथुनका लागि भएको जबरजस्तीको विषय चौधरीले गाउँभरी हल्ला गर्ने र आफ्नो बदनाम हुने डरले हत्या गरेको बयान नाबालकले दिएको प्रहरी उपरीक्षक बोगटीले बताए। 

पक्राउ परेका नाबालकलाई प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी नियन्त्रणमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.