निर्वाचन खर्च विवरण बुझाउन सुरु

निर्वाचन खर्च विवरण बुझाउन सुरु

नुवाकोट : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै उम्मेदवारी दिएका उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउन सुरु गरेका छन्। 

नुवाकोटमा रहेको दुईवटा प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रको अन्तिम मत परिणाम एक साता अगाडि सार्वजनिक भएको थियो। लगत्तै सातजना उम्मेदवार निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन कार्यालयमा पुगेका थिए। 

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार अन्तिम मतपरिणाम सार्वजनिक भएपछि कार्यालय खुलेको पहिलो दिन सातजना उम्मेदवारले खर्च विवरण बुझाएका छन्। हालसम्म २० जना उम्मेदवारले खर्च विवरण वुझाएका छन्। 

करिब दुई दर्जनले फाराम लिएर गएका छन्। जिल्ला निर्वाचन कार्यालय नुवाकोटले खर्च विवरण बुझाउन निर्देशन गदिएसँगै खर्च विवरण वुझाउने क्रम सुरु भएको हो। 

कार्यालयले राजनीतिक दल र उम्मेदवारलाई मत परिणाम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न सार्वजनिक सूचना जारी गरेको थियो। नुवाकोटमा प्रतिनिधिसभातर्फ २८ सहित ६३ जना उम्मेदवार थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.