बन्दुकसहित वृद्ध पक्राउ
नुवाकोट : अवैध रूपमा राखिएको बन्दुकसहित एक वृद्ध पक्राउ परेका छन्।
जिल्लाको शिवपुरी गाउँपालिका–३ नयाँगाउँ घर भएका स्थानीय ६० वर्षीय हर्कबहादुर तामाङलाई २ थान भरूवा बन्दुक र त्यसमा प्रयोग गरिने करिव एक किलोग्राम बारूदसहित पक्राउ गरेको हो।
उनलाई विदुरस्थित प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए।
डीएसपी खड्काका अनुसार विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।
थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।