मगही लोककथा संग्रह ‘मधुकर बाबा’ लोकार्पण
![मगही लोककथा संग्रह ‘मधुकर बाबा’ लोकार्पण](https://annapurnapost.prixacdn.net/media/albums/Photo-pustak-lokarpan_20221204211256_xOyZMyIC4Y.jpg)
ढल्केवर(धनुषा) : मगही भाषाका लोककथा संग्रह ‘मधुकर बाबा’ लोकार्पण गरिएको छ।
आइतबार जनकपुरधाममा एक कार्यक्रमका बीच मगही भाषा अभियानी तथा साहित्यकार उपेन्द्र दासको ‘मधुकर बाबा’ मगही लोक कथा संग्रह विमोचन गरिएको हो। पुस्तकको मधेस प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विमोचन गरे।
दास जातिको कुलदेवतामा आधारित उक्त पुस्तकमा २२ वटा लोककथा समेटिएको छ। मगही भाषा साहित्यलाई उजागर गर्ने उद्देश्यले लोक कण्ठका कथाहरूलाई एकै ठाउँमा संकलन गरी संरक्षण गरेको र युवा पुस्तालाई हस्तान्तरण गरेको पुस्तकका लेखक एवं अभियानी दासले बताए।
पुस्तकको विमोचन गर्दै मधेस प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवलगायत मगही भाषाका अभियानीहरू। तस्बिर : विजय कुमार सिंह
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)