नारायणगोपालको स्मृतिमा सांस्कृतिक कार्यक्रम

नारायणगोपालको स्मृतिमा सांस्कृतिक कार्यक्रम

काठमाडौं : स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको स्मृतिमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। 

रेडियो अन्नपूर्ण नेपालको आयोजना तथा नारायण गोपाल संगीत कोष र आस्था कलाकेन्द्रको सहकार्यमा सोमबार दिउँसो वाद्यवादनसहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो। 

कार्यक्रममा नारायणगोपाल संगीत कोषका महासचिव दीपक केसीले नारायणगोपाललाई नेपाली गीतसंगीत क्षेत्रका नक्षत्र तथा हरेकको मनमा गुञ्जिने गीतका रुपमा बुझ्नुपर्ने बताएका छन्।

उनले भने, ‘नारायणगोपालज्यूलाई एक छेउमा राखेर गीतसंगीतका कुरा गरे त्यो अधुरो हुन्छ। उहाँले दिएका कालजयी गीतहरूलाई सम्झेर सबै संगीतप्रेमीहरु जडिन आएका छन्।’

नारायणगोपालको परिवारले आफ्नो सम्पत्ति राष्ट्रको गीत संगीतको योगदानमा समर्पित गरेको बताउँदै त्यसको संरक्षण तथा श्रृष्ठासम्मानको क्षेत्रमा कोषले काम गरिरहेको बताए। 

नारायणगोपालका गीतहरूका जीवन्त राख्दै नयाँ पुस्तालाई पनि गीतसंगीतप्रति आकर्षण गराउने काम आफूहरूले कोषमार्फत गरिरहेको बताए।  पछिल्लो समय नारायणगोपाललाई नै मानक बनाएर लागेका धेरै संगीत साधकहरू सांगीतिक क्षेत्रमा सफल बनेको केसीले बताए।

कार्यक्रमा आस्था कला केन्द्रका निर्देशक निर्देशक रमेश थापाले विगत २३ बर्षदेखि केन्द्रले गायन, नृत्य तथा बाध्यवाधनको क्षेत्रमा साहित्य संगीत कलाका अग्रज श्रृष्ठलाई  सम्मान गदै नयाँ पिँढीलाई सांगितिक क्षेत्रमा ल्याउन काम गरिरहेको बताए। 

अहिलेको अवस्थामा नारायाणगोपालजस्तै मान्छे भेटाउन गाह्रो पर्ने भएपनि आफुहरु त्यो बाटोमा अघि बढिरहेको बताए।

कार्यक्रममा गीता पाण्डे, सञ्जीव आले, अनिल सुनाम, महेन्द्र विश्वकर्मा, नवीन न्यौपाने, राजेश श्रेष्ठ लगायतका कलाकारले स्वरसम्राट नारायण गोपालका गीतहरु प्रस्तुत गरेका थिए। कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो अन्नपूर्ण नेपाल सहित सातै प्रदेशका साझेदार विभिन्न रेडियोहरुले गरेका थिए। 

हृदय र चेतनाका गायक भनेर परिचित स्वरसम्राट नारायण गोपालको निधन २०४७ मंसिर १९ गते राति ९ बजे मधुमेहका कारण वीर अस्पताल भएको थियो। 

१९९६ सालमा काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपाल जीवनमा थुप्रै सम्मान तथा पुरस्कारले सम्मानित समेत भएका छन्। 
२०२३ सालमा  रेडियो नेपालबाट सर्वोत्तम संगीतकार, २०२४ सालमा सर्वोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु, चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट्ट, तेस्रो (मरणोपरान्त) जस्ता पुरस्कारबाट उनी सम्मानित भए। 

उनका ’पर्खी बसेँ’, ’जुन फूल मैले,’ ’म त लाली गुँरा भएछु,’ मलाई नसोध’ लगायतका दर्जनौँ गीत चर्चित छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.