खस्कियो माटोको उर्वराशक्ति

खस्कियो माटोको उर्वराशक्ति

काठमाडौं : नेपालका खेतीयोग्य जमिनको उर्वराशक्ति खस्केको छ। माटोको गुणस्तर खस्केका कारण उत्पादनमा ह्रास आएको छ।  

नेपालको डिजिटल सोइल म्यापका अनुसार ४० देखि ४५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून पाइएको हो। ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा अधिक छ। 

यस्तै, नेपालको खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लीय प्रकृतिको, ४–५ प्रतिशत क्षरिय र ४०–४५ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको पाइएको छ। धेरैजसो बाली उत्पादनका लागि तटस्थ माटो उपयुक्त हुने भए पनि यस्तो खालको माटोको गुणस्तर कम देखिएको कृषि विभाग महानिर्देशक डा.रेवतीरमण पौडेल बताउँछन्। 

उनका अनुसार प्राङ्गारिक पदार्थलाई माटोको आधारको रूपमा पनि लिईन्छ। उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा ३–५ प्रतिशत हुनु आवश्यक हुन्छ। कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा १.९६ प्रतिशतबाट ४ प्रतिशतमा पु¥याउने लक्ष्य लिएको छ। 

परीक्षणबाट नेपालमा खेती गरिने जमिनको ५६ प्रतिशतमा नाइट्रोजनको मात्रा न्यून, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको देखाएको छ। यसअनुसार फस्फोरस तत्त्व तुलनात्मक रूपमा राम्रो पाइएको छ। जसमा ४२ प्रतिशतमा न्यून, २८ प्रतिशतमा मध्यम र ३१ प्रतिशतमा अधिक रहेको छ।

‘पोटास तत्त्वको मात्रा तीव्र गतिमा घटिरहेको छ, जसमा ५० प्रतिशतमा न्यून, २६ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा अधिक पाइएको छ,’ उनी भन्छन्,‘बाली बिरुवाका लागि आवश्यक हुने जिंक, मोलिब्डेनम, र बोरनजस्ता सूक्ष्म खाद्यतत्त्वको मात्रा पनि न्यून देखिएको छ।’ अहिले माटोको पोषक तत्त्व न्यून हुँदै जानु विश्वव्यापी रूपमा चिन्ताको विषय बनेको छ। माटोको उर्वरापन ह्रास हुँदै जाने क्रम निरन्तर जारी रहेमा यसले उत्पादनमा कमी आई समग्र खाद्य सुरक्षा नै जोखिममा पर्ने सम्भावित खतराप्रति सबै सरोकारवाला सचेत हुनु जरुरी भएको औंल्याइएको छ।  ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ आत्मसात् गर्दै सोमबार आयोजित नवौं विश्व माटो दिवसको अवसरमा यस्तो औंल्याइएको हो।  यसै विषयलाई मनन् गरी यस वर्षको विश्व माटो दिवसको नारा ‘स्वस्थ माटोको साथ खाद्य उत्पादनको सुरुवात’ कायम गरिएको छ। 

नेपालको माटोको स्वस्थ्यता बिग्रनुका कारणमध्ये गोबर वा कम्पोस्ट मल, हरियो मललगायतको प्रयोग न्यून भएको पौडेलले बताए। साथै, रासायनिक मलको असन्तुलित प्रयोग हुनुका साथै विषादीको प्रयोग बढ्दै  गएकाले पनि माटोको गुणस्तर कम भएको उनको भनाइ छ।  उनी भन्छन्, ‘बालीचक्रको आधारमा खेती नगरिनु र बालीचक्रमा कोसेबालीको प्रयोग घट्दै जानु, अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु, बाली काटिसकेपछि बाँकी रहेका अवशेष जमिनबाट पूर्ण रूपमा हटाइनु वा जलाइनु, भू–क्षय निरन्तर भइरहनु, औद्योगिक प्रदूषणको मात्रा बढनु, कृषि औजार÷यन्त्रको अधिकतम् प्रयोगले माटो कडा बन्दै गएकाले माटोको गुणस्तर घटेको हो।’ 

समयसमयमा आफ्नो खेत, बारीको माटोको परीक्षण गराउने, प्रयोगशालाले परीक्षणको आधारमा सिफारिस गरेको मात्रामा कृषि चुन (माटो धेरै अम्लीय भएमा),  प्राङ्गारिक पदार्थ र अन्य पदार्थको प्रयोग गरी उपयुक्त प्रविधिअनुसार माटो व्यवस्थापन गर्न सुझाव दिइएको छ। प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थको उपयोग जस्तै राम्ररी पाकेको गोबर मल, कम्पोस्ट मल, हरियो मललगायतको प्रयोग गर्नुपर्ने जनाइएको छ। 

रासायनिक मलको सन्तुलित प्रयोग, बाली र माटोको अवस्थाअनुसारको सिफारिस मात्रामा प्रयोग गर्नुपर्ने, बालीचक्रको आधारमा खेती गरिनुपर्ने र बालीचक्रमा कोसेबालीको प्रयोग गर्नुपर्ने, माटोअनुसार उपयुक्त बाली छनोट गरी वैज्ञानिक तरिकाबाट व्यवस्थित सघन खेती गरिनुपर्ने, बाली काटिसकेपछि बाँकी रहेका अवशेष जमिनमा मिसाउनेलगायतका उपाय अपनाउन कृषि विभागले सुझाव दिएको छ। 

माटो व्यवस्थापनका चुनौतीको सम्बोधन गरी खाद्य उत्पादन बढाउन र माटोको महŒवबारे चेतना जगाई माटोको गुणस्तर सुधार गर्न आम कृषक, समाजका सबै वर्ग, तह र तप्कालाई उत्प्रेरित र प्रोत्साहित गर्न जरुरी भएको सरोकारवालाहरूले जोड दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.