विजयी भएको सात महिनापछि वडाध्यक्षलाई सफाइ

विजयी भएको सात महिनापछि वडाध्यक्षलाई सफाइ

नुवाकोट : विजयी भएको सात महिनापछि नुवाकोटका वडाध्यक्षले सफाइ पाएका छन्। 

गत वैशाख ३० गते भएको स्थानीय तहमा निर्वाचित विदुर नगरपालिका-९ का वडाध्यक्ष हरिराम भण्डारीले सफाइ पाएका हुन्। 

उनीविरुद्ध विशेष अदालतमा आर्थिक अनियमितता सम्बन्धी मुद्दा चलेको थियो। सफाइ पाएसँगै वडाध्यक्षले तामझामसहित वडा कार्यालय पुगेर पदभार ग्रहण गरेका छन्। 

विशेष अदालतबाट आफूमाथिको मुद्दामा सफाइ पाएपछि पुनः वडाध्यक्षको कार्यभार समालेका उनलाई वडामा गरिएको स्वागत कार्यक्रममा आफूले न्याय पाएको बताए। उनले जनताको काममा आफू क्रियाशाील भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे। 

रकम हिनामिनाको आरोपमा विशेष अदालतबाट सफाइ पाएका भण्डारी गत वैशाखमा सम्पन्न निर्वाचनमा नेकपा माओवादीको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा उनको मुद्दा विचाराधीन रहेको कारण भण्डारीको पद निलम्बनमा रहेको बताएपछि उनी वडाध्यक्षको पदबाट निलम्बनमा परेका थिए। 

उनी निलम्बनमा परेपछि सात महिनासम्म महिला सदस्य धनमाया मिजारले कार्यवाहक वडाध्यक्षका रूपमा काम गर्दै आएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.