संसद महासचिवको पत्र संविधानमाथिको 'लेटर बम': बरिष्ठ अधिवक्ता त्रिपाठी
काठमाडौं: संवैधानिक कानून व्यवसायी मञ्चका पूर्वअध्यक्ष दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगलाई निष्प्रभावि भएको उल्लेख गर्दै दिइएको पत्रलाई ‘लेटर बम’को संज्ञा दिएका छन् ।
बरिष्ठ अधिवक्ता त्रिपाठीले संसदका महासचिवले दिएको पत्र गैरकानूनी भएको बताए । ‘यो पत्र संसद सचिवालयबाट आएको लेटर बम हो । संविधानमाथि प्रहार गरिएको लेटर बम हो । यसलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने, ‘कूनियत गृहकार्यका साथ यो पत्र दिइएको छ । संसदको क्षेत्राधिकारमाथि पनि प्रश्न चिन्ह उठेको छ ।’
प्रतिक्रिया दिनुहोस !