अस्पतालजन्य फोहोर व्यवस्थापन सुरु

अस्पतालजन्य फोहोर व्यवस्थापन सुरु

नेपालगन्ज/दाङ : सहरमा सबैभन्दा ठूलो समस्या फोहोरको हुन्छ। नगर सौन्दर्यमा होस् वा स्वास्थ्य समस्यामा फोहोर व्यवस्थापनलाई जोडेर हेरिन्छ। सहरी क्षेत्रमा एक ठाउँको फोहोर अर्को ठाउँमा थुपार्नकै लागि बर्सेनि करोडौं रुपैयाँ खर्च हुन्छ। त्यसमा पनि अस्पतालजन्य फोहोर त झन् जिल्लाकै टाउको दुखाइमा पर्छ। यही समस्या दूर गर्न बाँके र दाङमा अस्पतालजन्य फोहोर व्यवस्थापन सुरु भएको छ।

जीआइजेडको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले १२ मंसिरदेखि नेपालगन्जमा अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ। नगर प्रमुख प्रशान्त विष्टले केन्द्रको उद्घाटन गर्दै अन्य फोहोरको तुलनामा स्वास्थ्यजन्य फोहोर सबैभन्दा बढी दूषित र संक्रामक हुने भएकाले आफूहरू निर्वाचित भइसकेपछि यसको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्दै सञ्चालनमा ल्याएको बताए। उनले नेपालगन्ज उपमहानगरपालिका कार्यपालिकाको सिंगो टिम नेपालकै नमुनाका रूपमा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन गर्न सफल भएको बताउँछन्।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ हिरमिनियास्थित ल्यान्डफिल साइट परिसरमा अस्पतालबाट निस्कने फोहोरमैला व्यवस्थापन गर्ने उद्देश्यका साथ एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको वातावरण इन्जिनियर प्रकाश डिसी बताउँछन्।

फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि जीआइजेडले २ वटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग गरेको छ। उपमहानगरपालिकाले संरचना निर्माण गरेको हो। संरचना निर्माणमा ४६ लाख लागत लागेको डीसीले जानकारी दिए। स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनको जिम्मा १० वर्षका लागि स्वच्छ नेपाल हाम्रो अभियान नामक संस्थालाई दिइएको छ।

स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि अस्पतालबाट निस्कने फोहोरमैला व्यवस्थापनको टाउको दुःखाई अन्त्य भएको छ। नेपालगन्जका अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहोर अब यहीँ व्यवस्थापन हुनेछ। नेपालगन्जलाई स्वास्थ्य हबको रुपमा विकास गर्ने लक्ष्य लिइएकोमा यसको सञ्चालनले थप टेवा पुग्ने विश्वास लिइएको छ।

त्यस्तै, दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पनि आधुनिक प्रविधिबाट अस्पतालजन्य फोहोर व्यवस्थापन सुरु गरिएको छ। अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न आधुनिक उपकरणको प्रयोग गरिएको हो। अस्पतालमा उत्पादनहरू फोहोरलाई प्रविधिमार्फत ब्यवस्थापन हुन थालेपछि अस्पतालको फोहोर एकीकृत रूपमा व्यवस्थापन हुन थालेको छ। स्थापनादेखि अहिलेसम्मअस्पतालमा उत्पादिक फोहोर व्यवस्थापन सबैभन्दा बढी चुनौती देखिएको थियो।अब त्यो व्यवस्थापन सहज हुने अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना गरेर प्रयोगमा ल्याएपछि अस्पतालजन्य फोहोर व्यवस्थापनमा धेरै सहज भएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. ओमप्रसाद अर्यालले बताए। आधुनिक उपकरण जडान गरेर अस्पतालमा थालिएको फोहोर व्यवस्थापनलाई सहज गराउन फोहोरको वर्गीकरण समेत सुरु गरिएको छ। अस्पतालजन्य फोहोर, सङ्क्रमणयुक्त फोहोर, गल्ने, नगल्ने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गरिन थालिएको छ। त्यसमा नष्ट गर्नुेपर्ने फोहोर त्यहि नष्ट गरिने र उपयोग गर्न मिल्ने फोहोर बिक्री गर्ने नीति अस्पतालको रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अर्यालले बताए। पहिले उपमहानगरपालिकाको समेत अस्पतालजन्य फोहोर नउठाउँदा नजिकै गाड्ने वा जलाउने काम गरिँदै आएको थियोतरअब अस्पतालको फोहोर व्यवस्थापनमा सहज भएको छ।उनले उपकरण सञ्चालनका लागि अस्पतालमै दक्ष जनशक्तिको समेत व्यवस्थगापन भएकाले थप सहज हुने बताए।

अस्पतालमा फोहोरलाई सङ्क्रमणमुक्त गर्नका लागि दुई वटा मेसिन जडान गरिएको छ। ती मेसिनबाट फोहोरलाई सङ्क्रमणमुक्त गरेपछि छुट्टै राखिन्छ र उपमहानगरपालिकालाई जिम्मा लगाइन्छ। यूएनडीपी (चाइनाएड)को सहयोगमार्फत २ करोड ५० लाख रुपैयाँ लगानीमा फोहोर प्रशोधन केन्द्र स्थापना भएको हो। देशभर ७ वटा प्रादेशिक अस्पताललाई यो परियोजना सहयोग गरेको र तुलसीपुरमा प्रभावकारी देखिएको युएनडीपीका आयोजना प्रबन्धक राजेश मिश्रले जानकारी दिए। कोरोनाको प्रभावलाई हेरेर आयोजना सुरु गरिएको भए पनि निर्माणका केही ढिलाइ भएको मिश्रले बताए। यसैबीच अस्पतालमा निर्माण भइ सञ्चालनमा ल्याइएको फोहोर व्यवस्थापन केन्द्र अस्पताल प्रशासनलाई हस्तान्तर गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.