बस दुर्घटना हुँदा चालकसहित २० जना घाइते, आठको अवस्था गम्भीर

बस दुर्घटना हुँदा चालकसहित २० जना घाइते, आठको अवस्था गम्भीर

नुवाकोट : पासाङल्हामु सडकमार्गअन्तर्गत नुवाकोटको भैंसेमा शनिबार बस दुर्घटना भएको छ। विदुर नगरपालिका–१० भैंसेमा दु वटा बस ठोकिँदा २० जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ। 

घाइतेको काठमाडौंको ग्रिनसिटी लगातका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। अन्यको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार गरिएको छ।

बा४ख ८८२ नम्बरको बस मोड्दै गर्दा सोही दिशा बेत्रावतीबाटै आएको अर्को बस प्रदेश ३०१००५ख९३५४ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.