विद्यालयको प्रधानाध्यापकमा श्रीमतीको सट्टा श्रीमान भेटिएपछि…

विद्यालयको प्रधानाध्यापकमा श्रीमतीको सट्टा श्रीमान भेटिएपछि…

सिरहा : सिरहाको नवराजपुर गाउँपालिका-४ का जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक (प्रअ) अनिता यादवको साट्टामा उनकै श्रीमानले प्रअकै भूमिका काम गरिरहेको पाइएको छ।

गाउँपालिका अध्यक्ष शिवउदगार यादव साढे ११ बजे विद्यालय अनुगमन गर्न पुगेका थिए। त्यहाँ श्रीमतीको ठाउँमा विन्दीप्रसाद यादव प्रधानाध्यापकको रुपमा काम गरिरहेको पाइएको थियो। उनकी श्रीमती अनिता यादव उक्त विद्यालयकी प्रअ हुन्। उनी अनुपस्थित थिए।

गाउँपालिका अध्यक्ष यादवले विन्दीलाई किन श्रीमतीको साट्टोमा आएको? कानुनले मिल्छ? भनेर प्रश्न गर्दा विन्दीले किन आउन मिल्दैन मिल्छ। कहिलेकाही आउँछु भनेर जवाफ फर्काएका थिए। आवश्वयक पर्दा आउन मिल्ने र धेरै ठाउँमा यस्तो भइरहेको जवाफ उनले दिएका थिए।

‘सरकारी विद्यालयमा बेथिति देखिएको छ। आफू निर्वाचित भएदेखि चासो बढाएको छु,’ गाउँपालिका अध्यक्ष यादवले भने, ‘स्थानीयवासीले गुनासो गरेपछि अनुगमनलाई तिव्र बनाएको छ। श्रीमतीको ठाउँमा श्रीमान भेटिएपछि प्रअ विनितालाई स्पष्टीकरण सोध्न शिक्षा शाखालाई लगाएको छु।’ त्यति गर्दा पनि सुधार नआए आवश्यक कारबाही प्रक्रिया बढाउने उनले बताए।

स्थानीयवासीका अनुसार श्रीमतिका साट्टो विद्यालयमा पढाउन आएका विन्दी यादव अवकास प्राप्त प्रअ हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.