सडक अतिक्रमण गरे कारवाही हुने

सडक अतिक्रमण गरे कारवाही हुने

भैरहवा: रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक अतिक्रमण गरी व्यवसाय सञ्चालन नगर्न आग्रह गरेको छ ।

नगर क्षेत्र भित्रका सडक, सडकपेटी तथा सार्वजनिक स्थानमा अतिक्रमण गरी अव्यवस्थित रुपमा व्यवसाय गर्दा नगरवासीलाई असुविधा भएकोले त्यस्ता कार्य नगर्नका लागि सूचना जारी गरेर आग्रह गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।

सार्वजनिक स्थान अतिक्रमण गरेर व्यवसाय गरिरहेका व्यवसायीलाई नगरपालिकाको कार्यालयले दैनिक नगर प्रहरी खटाएर सचेत गराउँदै आएको छ ।

‘सार्वजनिक स्थान अतिक्रमण गरेर व्यवसाय गरिरहेकाहरुलाई पटक पटक सचेत गराइसकेका छौँ’ उनले भने, ‘केही सचेत भइसके भने अधिकांशले अटेर गरिरहेका छन्, अब सचेत गराईदैन अटेर गर्ने उपर कारवाही प्रक्रिया अघि बढ्छ ।’

सडक, सडकपेटी अतिक्रमणले गर्दा नगरको सुन्दरतामा प्रतिकुल प्रभाव परेको तथा पैदलयात्रुहरुलाई हिड्डुल गर्न समेत समस्या परेको गुनासो आएको र अनुगमनको क्रममा पनि देखिएकोले अतिक्रमण हटाउन थालिएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.