पूर्ण कार्यान्वयनमा लुम्बिनीको राजधानी, सुरु भयो प्रशासनिक काम

पूर्ण कार्यान्वयनमा लुम्बिनीको राजधानी, सुरु भयो प्रशासनिक काम

दाङ : लुम्बिनी प्रदेश सरकारले प्रशासनिक काम प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङबाट शुभारम्भ गरेको छ। एक साताअघि अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी दाङमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालयहरू सारिएको थियो।

राजधानीको निर्णयलाई पूर्णरूपमा कार्यान्वयन गर्न स्थायी राजधानीमा प्रदेश मुख्यालयसहितका मन्त्रालयहरू ल्याइएको र कार्यान्यन पनि सुरु भएको मुख्यमन्त्री कुलप्रसाद केसीले बताए। बुधबार विधिवतरूपमा स्थायी राजधानीबाट सेवा शुभारम्भ गरिएको छ।

प्रमुख सचिव डा. दीपक काफ्लेले अव स्थायी राजधानीबाट प्रदेशको प्रशासन सञ्चालन सुरु भएको बताए। उनले बुधबारदेखि नै प्रदेशको प्रशासन सुरु भएको भन्दै अब सबै काम यतैबाट सञ्चालन हुने जानकारी दिए। 

अहिले प्रदेश राजधानी स्थलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय पूर्णरूपमा सञ्चालनमा रहेका छन् भने अन्य मन्त्रालयको पूर्वाधार मर्मतको काम अन्तिम चरणमा पुगेको छ। अबको एक महिनाभित्र सबै मन्त्रालय राप्ती उपत्यकामा रहने मुख्यमन्त्री कार्यालयले जनाएको छ। 
औपचारिकरूपमा उदघाटन समारोह गरी झण्डोत्तोलन गर्दै राप्ती उपत्यकाबाट प्रदेश सरकारले नियमित काम सुरुवात गरेको हो। प्रदेशले दुई तिहाई बहुमतबाट तय गरेको स्थायी राजधानी २ वर्ष २ महिनापछि पूर्णरूपमा कार्यान्वयनमा आएको हो। 

राजधानीको शुभारम्भ गर्दै प्रदेश प्रमुख अमिक शेरचनले राजधानीको निर्णय कार्यान्वयनमा आएको बताए। उनले राजधानी कार्यान्वयनसँगै पछाडि परेको देउखुरी क्षेत्रको विकासलाई समेत गति दिने विश्वास गरे। उनले दाङमा आधुनिक राजधानी बन्ने बताए। देउखुरीलाई आधुनिक सहर निर्माणको परिकल्पनासहित वैज्ञानिक सडक निर्माण, स्वस्थ्य, शिक्षा, रोजगारलगायतका क्षेत्रमा अग्रगामी छलाङ मार्ने उनको भनाइ थियो। 

राजधानी आएसँगै केही विकृति पनि बढ्नसक्ने संकेत गर्दै त्यसमा सबै सचेत हुनुपर्ने बताए। उनले विशेष गरेर जग्गा किनबेचमा सचेत बन्नुपर्ने बताए। थोरै जनता र कम क्षेत्रले मात्र यस्तो मौका पाउने भन्दै, उनले राजधानी कार्यान्वयका लागि स्थायीबासीले नै तदारुकता देखाउनुपर्ने बताए। 

मुख्यमन्त्री कुलप्रसाद केसीले स्थायी केन्द्रमा राजधानी ल्याउन सहयोग गर्ने सबैमा धन्यवाद दिए। ‘म एक्लैले मात्र गरेर यो सम्भव थिएन। सबैको उत्तिकै साथ र सहयोग छ,' मुख्यमन्त्री केसीले भने, 'प्रदेश राजधानीबाट अव प्रदेशको काम सुरु भइसकेको  छ।' 

अस्थायी मुकाम बुटवलबाट राजधानी दाङमा आउन नदिन रचिएका षड्यन्त्र बाबजुत पनि राजधानी सारिएको भन्दै स्थानीयहरू खुसी भएका छन्। बुटवलका राजनीतिक दलका नेताहरूले राजधानी बुटवलमै रहने चुनाबी नारा नै बनाए। मन्त्रालयका कर्मचारीहरू पनि आफ्नै अनुकुलमा राजधानी भएपछि काम गर्न सहज हुने भन्दै आन्दोलनमा उत्रिएका थिए। 

कार्यक्रमलाई स्वागत गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारूले दुई तिहाइले तोकेको राजधानीलाई कार्यान्वयनमा ल्याउनु अहिलेको ठूलो उपलब्धी भएको बताए। उनले राजधानीको कार्य शुभारम्भले समग्र राजधानीबासीमा खुसियाली छाएको बताए।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटनलाई उत्सवमय बनाइएको छ। स्थानीय र प्रदेश सरकारबीचको समन्वयको आधारमा राजधानी कार्यान्वयनलाई उत्सवमय बनाइएको हो। गाउँगाउँबाट झाँकीसहित मानिसहरू राजधानी हेर्न पुगे। खुसी भए, अनी राजधानीले अवसर, विकास, रोजगारी ल्याओस भन्ने चाहना आम सर्वसाधारणको छ। प्रदेश संरचना स्थापना भएको पाँच वर्ष पूरा हुँदैछ। प्रदेश संरचना आवश्यक नभएको चर्चाहरू हुने गर्छन्। तर, प्रदेश सरकार भएको अनुभुति नागरिकले गर्न चाहेका छन्। त्यसको आकांक्षा बुधबारको उपस्थितिले दर्साएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.