शाहरुख खानको फिल्म पठानको गीत 'बेसरम रंग' सार्वजनिकलगत्तै किन बन्यो विवादित  ?

शाहरुख खानको फिल्म पठानको गीत 'बेसरम रंग' सार्वजनिकलगत्तै किन बन्यो विवादित  ?

एजेन्सी : बलिउड सुपरस्टार शाहरुख खान तथा अभिनेत्री दीपिका पादुकोणको अभिनय रहेको पठानको गीत 'बेसरम रंग' सार्वजनिक भएलगत्तै विवादित बनेको छ।

गीत सार्वजनिक हुने वित्तिकै भाइरल भएको छ तर सामाजिक संजालमा यसको विरोध सुरु भएको छ।

केही मानिसहरुले गीत बहिस्कार गर्नुपर्ने माग गरेका छन्। गीतमा दीपिका र शाहरुख खानको केमेस्ट्री देखाइएको छ। एक ठाउँमा दीपिकाले गेरू रंगको बिकिनी लगाएकी छन्।

सोही रङको विषयलाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले विरोध जनाएका छन्। 

केही मानिसहरुले यो गीतलाई भद्दा र अश्लिल भएको प्रतिक्रिया दिएका छन् भने कतिपयले हिन्दुहरुको भावनामा चोट पुर्‍याउने बताएका छन्।

दीपिकाले गीतमा गेरु रंगको बिकिनी लगाएको अनि गीतको बोल बेसरम रंग भएको भनी एक ट्विटर प्रयोगकर्ताले आपत्ती जनाएका छन्। गेरु रंग भारतीय संस्कृतिमा पवित्र मानिन्छ र सन्यासीहरुले यस्तो रंगको वस्त्र लगाउने गर्छन्।

बिकिनीलाई गेरु रंगको किन बनाएको भनी प्रयोगकर्ताहरुले प्रश्न गरेका छन्। यसका साथै यो गीतको धुन चोरिएको आरोप पनि लगाएका छन्।

जैन नामक सं‌गीतकारको माकेबा भन्ने गीतबाट यसको धुन चोरिएको एक ट्वीटर प्रयोगकर्ताले आरोप लगाएका छन्।

अर्का ट्वीटर प्रयोगकर्ताले फिल्म पठानको यो गीत बलिउडमा चलिरहेको धार्मिक एजेन्डाको उदाहरण भएको बताएका छन्। केही प्रयोगकर्ताले दीपिका पादुकोणलाई जेएनयू गिरोहको सदस्य पनि भनेका छन्।

एक प्रयोगकर्ताले पठानमार्फत् बलिउडमा सफ्ट पोर्न सेवा गरिरहेको आरोप लगाएका छन्।

शाहरुख खान चार वर्षपछि फिल्म पठानबाट ठूलो पर्दामा फर्किएका छन‍। पठान आगामी २५ जनवरीमा हलमा रिरिज हुँदैछ।


 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.