नेता केसी शीर्ष नेतासँग भेटघाटमा व्यस्त, सभामुख बन्ने चाहाना

नेता केसी शीर्ष नेतासँग भेटघाटमा व्यस्त, सभामुख बन्ने चाहाना

नुवाकोट : प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि दलका शीर्ष नेतासँग भेटवार्ता सुरु गरेका नेता अर्जुननरसिंह केसीले एक साताको अवधिमा दर्जनौ शीर्ष नेतालाई भेटेर अन्तर्क्रिया गरेका छन्। 

एक सातादेखि राजनीतिक भेटघाटलाई तीव्रता दिएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री केसीले शुक्रबार दुई जना शीर्ष नेतालाई भेट गरे। 

उनले देशको समसामयिक विषय र राजनीतिक घटनाक्रमका विषयमा अन्तर्क्रिया गरिरहेका छन्। केसीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष तथा आफ्ना समकक्षी महन्त ठाकुरसँग भेट गरेर वार्तासमेत गरेका छन्। 

भेटमा केसीले यादव र ठाकुरसँग देशको वर्तमान समसामयिक परिस्थितिका विषयमा गहन छलफल भएको केसीको निजी सचिवालयले जनाएको छ। 

चुनाव जितेपछि नेतासँगको भेटलाई प्राथमिकता दिएका केसीले निर्वाचन परिणामपश्चात निरन्तर रूपमा राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरी देशको समसामयिक विषय तथा जनताको चाहनाका विषयमा अन्तर्क्रियासमेत गर्नुभएको केसीका निजि सचिव सरोन केसीले जानकारी दिए । 

निर्वाचन जितेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीबाट शीर्ष भेटवार्ता सुरु गरेका केसीले शुक्रबारसम्ममा प्रचण्ड, माधवकुमार नेपाल हुँदै बुधबार कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। 
केसीको यो भेटवार्ता र दौडाहा बधाई साटासाटमा मात्र सीमित नभएको उनी निकट श्रोतले जनाएको छ। 
एक साताको अवधिमा नेता केसीले एक दर्जन शीर्ष नेताहरूसँग भेट गरिसकेका छन्।

लामो समयदेखि राजनीतिमा सक्रिय केसीले आफ्नै मुखले प्रतिनिधि सभामा अहिलेसम्म कुनै पदको आकांक्षा नदेखाएपनि अन्य नेता तथा कार्यकर्ताहरूले केसीले प्रतिनिधिसभाको सभामुख पाउनुपर्ने आवाज उठाउँदै आएका छन्। उनी नुवाकोटबाट पाँचौ पटक संसदीय यात्रामा रहेका हुन्।

यद्यपि, केसीले शीर्ष नेताहरुसँगको भेटमा आफ्नो संसदीय राजनीतिको यो अन्तिम कार्यकाल रहेकाले अनुभव, क्षमता र व्यक्तित्व व्यवस्थापन होस् भन्ने चाहना प्रष्ट रूपमा व्यक्त गरेका छन्। 

गठबन्धनबाट सभामुखको साझा उम्मेदवार बन्ने केसीको भित्री चाहना रहेको उनी निकट स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.