नेपाल टेलिकमको सिमकार्ड परिवर्तन गर्न परे के गर्ने ?

नेपाल टेलिकमको सिमकार्ड परिवर्तन गर्न परे के गर्ने ?

काठमाडौं: मोबाइल सिम अहिले अनिवार्य आवश्यकता जस्तै भएको छ। राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायतमा मोबाइल नम्बरको प्रयोग अनिवार्य जस्तै छ। 

मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङ लगायत सुविधा सुरक्षितसाथ प्रयोग गर्न सकिने भएकाले पनि आफूले चलाउने मोबाइल सिम आफ्नै नाममा हुन आवश्यक छ।

अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनु पर्नेसम्मको अवस्था आउन सक्छ। सँगै सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानूनी झमेलामा समेत पर्न सक्छन् । त्यसैले तपाइँले प्रयोग गर्ने सिम आफ्नै नामको हुन जरुरी छ। 

अब के गर्ने ?
नयाँ सिमकार्ड लिन ग्राहकले आवेदन फाराममा आवश्यक विवरण स्पष्ट रुपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचय पत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचय पत्र नम्बर र सम्पर्क नम्बर स्पष्ट रुपमा लेख्नु पर्दछ । स्वयं उपस्थित हुनेलाई मात्र सिमकार्ड उपलब्ध गराउने टेलिकमले जनाएको छ। सिमको आवेदन दिँदा परिचय पत्रको प्रतिलिपीलाई सक्कल परिचय पत्रको नाम, बुवाको नाम, परिचय पत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिन्छ।
 
सिमकार्ड बिग्रेर, हराएर वा अन्य कारणले सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्थामा स्वयं उपस्थित भएर सिमकार्ड परिवर्तनको फाराम पूर्ण रुपमा भरेको/नभरेको जाँच गरी परिचय पत्रको सक्कल र नक्कल लगायतका विभिन्न कागजात रुजु गरी सिमकार्ड उपलब्ध गराइन्छ।

अर्को व्यक्तिको नाममा दर्ता रहेको सिमकार्ड लिन आएको अवस्थामा स्वयं व्यक्ति उपस्थित हुन नसक्ने कारणसहित मञ्जुरिनामा र सक्कल परिचय पत्रका आधारमा सिम लिन टेलिकमको कार्यालय पुग्नुपर्नेछ। सिम लिन आउने व्यक्तिले सक्कल परिचय पत्रसहित प्रक्रिया पुर्‍याएर फारम भरेपछि सिमकार्ड परिवर्तन हुन्छ । 

सिम लिनेभन्दा फरक व्यक्तिको विवरण दर्ता भएको अवस्थामा प्रयोगकर्ता र दर्ता रहेको व्यक्तिको मोबाइल नम्बर अद्यावधिक गरी लिने र दिने व्यक्ति आआफ्नो नागरिकताको सक्कल वा अन्य आधिकारिक परिचय पत्रको सक्कल र तिनका प्रतिलिपीसहित उपस्थित भएर निवेदन दिन सकिनेछ । अशक्त भएको अवस्थामा मञ्जुरिनामा पत्र र परिचय पत्रको सक्कल तथा प्रतिलिपीसहित टेलिकम पुग्नुपर्छ। प्रयोगकर्ताको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाणपत्र सहित हकवाला नातेदारले सक्कल कागजात र परिचय पत्रसहित उपस्थित भएमा सिम पाउने टेलिकमले जनाएको छ।

वास्तविक प्रयोगकर्ताभन्दा फरक विवरण भएको अवस्थामा सिम लिनेको कबुलियतनामा पत्र र परिचय पत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्ट्याई गरी सिमकार्ड परिवर्तन गर्न हुन्छ।

आफ्नै नाममा मोबाइल नम्बर दर्ता गर्न पनि टेलिकमले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.