सञ्चालन भएन तीन करोड खर्चेर बनेको वृद्धाश्रम

सञ्चालन भएन तीन करोड खर्चेर बनेको वृद्धाश्रम

रौतहट: चन्द्रपुर ७ स्थित बनबहुअरीमा तीन करोडको लागतमा बनेको वृद्धाश्रम सञ्चालन हुन सकेको छैन।

सघन सहरी विकास मन्त्रालयले तीन करोड खर्च गरेर निर्माण गरेको वृद्धाश्रम सञ्चालनमा आउन नसकेको हो।

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको खाली जग्गामा बनेको वृद्धाश्रम सञ्चालनमा ल्याउनु पर्ने स्थानीय बासिन्दाको माग छ।

निर्माण सम्पन्न भएको एक वर्ष भएपनि सञ्चालन नहुनुको कारण बुझ्न नसकेको स्थानीयले बताएका छन्।

सो भवन खेलकुद एकडेमीका लागि नगरपालिकाले सञ्चालनमा ल्याउनुपर्ने नेपाल फुटबल संघ मधेस प्रदेश समितिका अध्यक्ष नेपाल कार्कीको सुझाव छ। स्थानीयले ७ नम्बर वडाका सबै सरकारी कार्यालय जस्तै  वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकीलगाएतका  कार्यालय सो स्थानबाट सञ्चालन गर्न सुझाव दिएका छन्।

चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय काफ्लेले अबको कार्यपालिका बैठकमा नवनिर्मित भवनलाई कसरी सञ्चालन गर्ने विषयमा निर्णय गरिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.