तलब भत्ता दुर्गममा संकटमा परेकालाई सहयोगमा खर्च गर्ने घोषणा

तलब भत्ता दुर्गममा संकटमा परेकालाई सहयोगमा खर्च गर्ने घोषणा

गोरखा : गोरखा-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद राजेन्द्र बजगाईंले सांसद भएबापत पाउने तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका संकटमा परेका नागरिकको सेवाका लागि खर्च गर्ने घोषणा गरेका छन्।

प्रतिनिधिसभा सदस्यका रूपमा बिहीबार शपथ ग्रहणको क्रममा सांसद बजगाईंले आफ्नो तलब भत्ता दुर्गम भेगमा विपतमा परेकाहरूको सेवामा खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। 

‘मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ को विपदमा परेका पीडितहरूका लागि खर्च गर्ने घोषणा गर्दछु’, उनले शपथपछि आफ्नो फेसबुक तथा ट्वीटरमा लेखेका छन्।

उनको निर्वाचन क्षेत्रमा अहिलेसम्म सडक सञ्जालले नछोएको चुमनुब्री गाउँपालिका तथा धार्चे गाउँपालिकाका विभिन्न गाउँबस्ती विकट छन्। 

त्यहाँका गम्भीर बिरामी तथा घाइते र सुत्केरी हुन नसकेकाहरूको हेलिकप्टरबाट उद्धार गर्नुपर्ने बाध्यतामा छन्।
सो कार्यका लागि बजगाईंले लामो समयदेखि सेवा गर्दै आएका थिए। 

‘आज मैले सांसदको सपथ लिइरहँदा गोरखा १ को भूगोल सम्झिएँ। त्यहाँका जनताका दुख सम्झिएँ। त्यसैले सांसदका लागि आउने पारिश्रमिक मैले गोरखा १ मा विपदमा परेकाहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छु’, उनले भनेका छन्।

उनले मतदाता धन्यवाद अभियानअन्तर्गत हालै गोरखा १ मा पर्ने ५६ वडाका घाइते, बिरामी तथा सुत्केरी उद्धारका लागि एक–एक वटा स्टेचरसमेत हस्तान्तरण गरेका थिए। 

सांसद बजगाईंले आफू गोरखा १ का गरिब र भौगोलिक रूपमा विकट क्षेत्रका बासिन्दाको सहयोगका लागि जनप्रतिनिधि बन्न सफल भएको कहिल्यै नबिर्सिने पनि उल्लेख गरेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.