यी हुन् धनकुटाबाट मन्त्री बनेका राजेन्द्रकुमार राई

यी हुन् धनकुटाबाट मन्त्री बनेका राजेन्द्रकुमार राई

धनकुटा: धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राजेन्द्रकुमार राई मन्त्री बनेका छन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा उनी मन्त्री बनेका हुन्। 

कुन मन्त्रालय सम्हाल्ने हो भनेर टुंगिएको छैन। उनी गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा धनकुटा प्रनितिधि सभा क्षेत्र नं. १ मा नेकपा एमालेको तर्फबाट विजयी भएका थिए। गठबन्धनका उम्मेदवार सुनिलबहादुर थापालाई १ हजार ३९७ मतान्तरले पराजित गर्दै उनले प्रतिनिधि सभा सदस्य बन्न सफल भए। ०२२ सालमा पाख्रिवास नगरपालिका वडा नं. ७ राम्चेगाउँमा बुबा स्वर्गीय तेजबहादुर राई र आमा स्वर्गीय मोतिमाया राईको कान्छो छोराको रुपमा जन्मिएका उनी पहिलो पटक मन्त्री बनेका हुन् । ०७४ सालको निर्वाचनमा पनि धनकुटाबाट निर्वाचित भएका थिए। उनले स्नातकसम्म अध्ययन गरेका छन्।
 

०४९ सालमा जिल्ला विकास समितिको सदस्यमा पहिलोपटक जनप्रतिनिधि निर्वाचित भएका थिए। धनकुटा सदरमुकामको माथिल्लो गोकुडेश्वर माविमा पढ्ने क्रममा राई अनेरास्ववियुमा संगठित भएका हुन्। ०३६ सालमा काठमाडौंको चावहिलमा भएको अनेरास्ववियुको एकताको पाँचौ राष्ट्रिय सम्मेलनमा राई देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधिका रुपमा सहभागी भएका थिए। त्यतिबेला उनी आठ कक्षामा पढ्थे।

राई ०४२ सालमा माथिल्लो गोकुण्डेश्वरबाट एसएलसी दिएलगत्तै पूर्णकालीनरुपमा राजनीतिमा लागेका हुन्। २०४७ सालमा अनेरास्ववियुको धनकुटा जिल्ला अध्यक्ष भएका राईले एमालेको युवा संगठन तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनमा पनि काम गरे। २०४९ मा तत्कालिन जिल्ला विकास समितिको सदस्यबाट जनप्रतिनिधिमा निर्वाचित भएका उनी ०५४ मा जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित भएका थिए।

त्यसपछि राईले जिल्ला पार्टीको सचिवालय सदस्य, किसान महासंघको केन्द्रीय सदस्य र राष्ट्रिय कफी तथा चिया विकास बोर्डको उपाध्यक्ष जिम्मेवारी पनि सम्हाल्ले। ०६६ असारमा भएको जिल्ला अधिवेशनबाट एमालेको धनकुटा जिल्ला अध्यक्षमा निर्वाचित भएका उनले दुई कार्यकाल कार्यकाल नेतृत्व गरे। ०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नं. २ मा राई तत्कालिन राप्रपाका महामन्त्री तथा हाल कांग्रेसका केन्द्रीय कार्य सम्पादन सदस्य सुनिल थापासँग ४५४ मतले पराजित भएका थिए। राईले ९ हजार ६३६ मत ल्याउँदा थापाले १० हजार ९३ मत ल्याएर विजयी भएका थिए।

०७४ सालको स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै तह आफ्नो पार्टीलाई जिताएर राईले एमाले अध्यक्ष केपी ओलीबाट 'म्यान अफ दि इलेक्सन'को उपाधी पाउने व्यक्ति हुन्। त्यसपछि राई २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रको एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धनकुटाको अध्यक्ष भएका थिए। ०७८ मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनबाट राई केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। एमालेले हाल उनलाई धनकुटा इन्चार्जको जिम्मेवारी पनि दिएको छ। 

गएको प्रतिनिधिसभा निर्वाचनमा राई ३० हजार १०१ मतसहित निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका सुनिल थापाले २८ हजार ७०४ मत पाएका थिए। राईले थापालाई एक हजार ३९७ मतले पराजित गरेका थिए। उनै राई हाल नेपाल सरकारको मन्त्री बनेका छन्। राई अगाडि धनकुटाबाट रकम चेम्जोङ र सुनिलबहादुर थापा २/२ पटक मन्त्री भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.