करोड खर्चेर बनाइएको फाप्लु विमाानस्थलको प्रवेशद्वार वर्षौदेखि उपयोगबिहीन

करोड खर्चेर बनाइएको फाप्लु विमाानस्थलको प्रवेशद्वार वर्षौदेखि उपयोगबिहीन

सोलुखुम्बु : सोलुखुम्बुको फाप्लु विमानस्थलमा निर्माण गरिएको मुख्य प्रवेशद्वार वर्षौदेखि उपयोगबिहीन बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको ८ करोड ७८ लाखको लागत भित्र २०७७ सालमा निर्माण गरिएको विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग वर्षौंदेखि प्रयोगमा आउन नसकेको हो । 

नयाँ निर्माण गरिएको विमानस्थल प्रवेश मार्ग प्रयोगमा आउन नसक्दा यात्रुहरु समस्या मोलेर साँघुरो मार्ग प्रयोग गर्न बाध्य छन् । विमानस्थल भित्रिने र बाहिरिने फरक फरक राखेर बनाइएको मार्ग सञ्चालन नहुँदा टावरका कर्मचारी तथा सुरक्षाकर्मीहरु कार्यालय प्रवेश गर्ने साँघुरो मार्ग प्रयोग गर्न यात्रुहरु बाध्य बनेका हुन् । 

बैकल्पिकमार्ग अत्यन्त साँघुरो हुँदा बिरामीहरु धावनमार्गसम्म लैजानुपर्ने भएमा स्टेचर प्रवेश गराउन समेत कठिन रहेको प्रत्यक्षदर्शी बताउँछन् । साथै विमानस्थलमा ठूला सरसामान लैजानुपर्ने वा निकाल्नुपर्ने भएमा समेत कठिन रहेको स्थानीय बताउँछन् ।

राज्यको करोडौं लगानीमा निर्माण गरिएको उक्त संरचना वर्षौंदेखि उपयोगबिहीन हुँदा समेत सम्बन्धित पक्ष मुक दर्शक बनेका छन् । यता नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लुका प्रमुख भानुभक्त आचार्यले उक्त गेटको प्रवेशद्वारभन्दा भित्र भागको वालको करिब ५ मिटर भागमा ग्याभिङ जाली नभएकाले सञ्चालन नगरिएको बताए । 

साथै धावनमार्ग माथिल्लो भागको स्टेपमा समेत प्राविधिक समस्या रहेकाले मर्मतपछि मात्रै सञ्चालन गर्न सकिने आचार्यको भनाइ छ । जसका लागि आफूले प्राधिकरणको केन्द्रीय कार्यालयमा पत्राचार गरिसकेको उनले बताए । तर, न त मर्मतमा कसैले चासो नै दिएको छ न त निर्माण सम्पन्न भएको संरचना सुचारु गराउनमै कसैको ध्यान गएको छ ।  

प्राधिकरणका आयोजना प्रमुख इन्जिनियर रत्न बहादुर श्रेष्ठले भने उक्त गेट सञ्चालन गर्नमा समस्या नरहेको दाबी गरे । नयाँ गेट वर्षौदेखि उपयोगबिहीन हुँदा यात्रुलाई समस्या हुनका साथै सुरक्षामा समेत चुनौती आउन सक्ने भन्दै सञ्चालनका लागि पहल गर्ने प्रतिकृया दिए । 

सो संरचना इन्जिनियर श्रेष्ठ आफैले पेटी ठेक्काको रुपमा लिएर निर्माण गरेको स्रोतको भनाइ छ । जसका कारण प्राविधिक समस्या भएपनि मर्मत नगरी अलपत्र छोडिएको स्रोतको दाबी छ । 

२०७७ सालमा निर्माण गरिएको प्रवेशद्वार केहि महिनामै भत्किएपछि पुनः मर्मत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.