सन् २०२२ मा झण्डै ६६ हजार विदेशी पर्यटक मुस्ताङ पुगे

सन् २०२२ मा झण्डै ६६ हजार विदेशी पर्यटक मुस्ताङ पुगे

जोमसोम: मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बढेको छ। सन् २०२२ मा ६५ हजार ९४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्।  

विगतका वर्षमा ६० हजारको हाराहारीमा पर्यटक मुस्ताङ पुग्ने गरेका थिए। यो वर्ष भने विगतभन्दा पर्यटक आवागमनको संख्या बढेको अन्नपूर्ण सरक्षणक्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ।

कोरोना कहर अघि औसत ५० हजारदेखि ६० हजारसम्म सार्क तथा तेस्रो मुलुकका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने गरेकोमा सन् २०२२ मा भने कोरोना अघिको रेकर्डलाई यो वर्षको पर्यटक संख्याले तोडेको छ।

सन् २०२२ को डिसेम्बर २७ तारिखसम्म मुस्ताङमा ६५ हजार ९ सउ ४० जना विदेशी पर्यटक भित्रिएको मध्ये ४६ हजार ७ सय २४ जना सार्क राष्ट्रका विदेशी पर्यटक छन् भने १९ हजार २ सय ६ जना तेस्रो मुलुकका विदेशी पर्यटक रहेको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना(एक्याप)जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए। सन् २०२२ मा भित्रिएका विदेशी पर्यटक भित्रिएको मध्ये अधिकांश भारतीय छन्। सन् २०२२ मा ४८ राष्ट्रका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको एक्याप प्रमुख सुवेदीको भनाइ छ।

मुस्ताङमा भित्रिएका विदेश पर्यटक मध्ये १३ हजार ६२५ जनाले राउण्ड अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङ पुगेका थिए। जसअन्तर्गत तेस्रो मुलुकका १३ हजार ४९ जना, भारतीय ५६५ जना, बंगलादेशका ६ जना श्रीलंका ४ जना र भुटानका १ जना पर्यटक छन्। यसैगरी सन् २०२२ मा ३ हजार ११२ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन्। सन् २०२१ मा भने कोरनाका कारण ३१२ जना विदेशीले मात्र उपल्लो मुस्ताङको भ्रमण गरेका थिए।

कोरोना कहरका समयमा मुस्ताङमा पर्यटकको उपस्थिति ज्यादै न्यून रहेको एक्याप जोमसोमको तथ्यांकले देखाएको छ। सन् २०२१ मा जम्मा २ हजार ३ सय विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए। जसमध्ये भारतीय १ हजार ८८५ जना र तेस्रो मुलुकका जम्मा ४१५ जनाले मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमले जनाएको छ। सोसमय ६०२ जनाले मात्र उपल्लो मुस्ताङ र राउण्ड अन्न्नपूण पदयात्रा गरेका थिए। सन् २०२० मा कुल २ हजार ३४७ जना विदेशी मुस्ताङ भित्रिएका थिए। जसमध्ये १ हजार ९९३ जना भारतीय र ३५४ जना तेस्रो मुलुकका विदेशी पर्यटक थिए।

मुस्ताङमा अहिलेसम्म उच्चसंख्यामा पर्यटक वृद्धि भएको एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीको भनाइ छ। कोरना संक्रमण न्यूनीकरण भएसँगै मुस्ताङको पर्यटन चलायमान अवस्थामा रहेको एक्यापको दावी छ।

कोरोना न्यूनीकरण र सडक सञ्जालको सहजतासँगै मुस्ताङको पर्यटनक्षेत्रमा अप्रत्याशित फड्को मारेको पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए। ‘हामी एकदमै आशावादी र उत्साहित भईरहेका छौं, पर्यटनक्षेत्रमा निकै राम्रो सुधार देखिएको छ,’ पर्यटन व्यवसायी गुरुङले भने, ‘अबका दिनमा पनि पर्यटनले यही रफ्तारमा गति लिनेछ।’

 मुस्ताङमा सार्क र तेस्रो मुलुकका पर्यटकसहित उल्लेख्य मात्रमा नेपाली आन्तरिक पर्यटकको समेत वृद्धि भईरहेको छ। मुस्ताङमा आन्तरिक पर्यटकको अभिलेख संकलन नगर्ने भएपनि सन् २०२२ मा झन्डै ५ लाख बढी नेपाली आन्तरिक पर्यटकले मुस्ताङको भ्रमण गर्ने गरेको पाईएको छ। मुस्ताङको पर्यटन क्षेत्र चलायमान भएसँगै यहाँका पर्यटन व्यवसायी निकै उत्साहित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.