९१ किलो गाँजा बरामद

९१ किलो गाँजा बरामद

रौतहट : आइतबार दिउँसो प्रहरीले रौतहटबाट ९१ किलो गाँजा बरामद गरेको छ।

रौतहटको राजपुर नगरपालिका-१ पिपरा भगवानपुरस्थित पिपरा टोलबाट गाँजा बरामद गरे‍को हो।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बोलेरो जीपमा राखेर लैजाँदै गरेको गाँजा फेला पारेको हो।

जेएच १० एक्स ४२१२  नम्बरको भारतीय सेतो बोलोरो गाडीमा लुकाएर राखेको १३ पोका अर्थात ९१ किलो गाँजा फेला पारेको रौतहटका डीएसपी उमाशंकरप्रसाद यादवले बताए।

गाँजा बरामद भएको स्थान नजिकै बिआर ३० यु ०४७४ नम्बरको  मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.