बारामा हतियारसहित एक भारतीय नागरिक पक्राउ

बारामा हतियारसहित एक भारतीय नागरिक पक्राउ

सिमरा : सशस्त्र प्रहरीले आइतबार राती बाराको पचरौताबाट हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पचरौता नगरपालिका- ४ स्थित गुलरिया नाकाबाट नेपाल आउँदै गरेको अवस्थामा बिओपी बेल्दारीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले पूर्वीचम्पारण मोतिहारी -१६ घर भएका ४० वर्षीय चन्दनकुमार पक्राउ गरेको हो। 

सशस्त्र प्रहरीले उनको साथबाट तीन राउण्ड गोली लोड भएको पेस्तोल र त्यसमा लाग्ने थप चार राउण्ड गोली बरामद गरेको छ । 

पैदल गस्ती गरिरहेका सशस्त्र प्रहरीले चन्दनकुमारको हाउभाउ अस्वभाविक देखेपछि चेकजाँच गरेको र मोडल नम्बर २०२२ आरएफआइ पेस्तोल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटरका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए । 

पेस्तोलसहित पक्राउ परेका चन्दनकुमारलाई आवश्यक कारवाहीका लागि सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा बुझाइएको सूचना अधिकारी खत्रीले जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.