पेस्तोल किन्न खोज्ने एक जना पक्राउ, कोठाबाट लाखौ रुपैयाँ बरामद

पेस्तोल किन्न खोज्ने एक जना पक्राउ, कोठाबाट लाखौ रुपैयाँ बरामद

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-११ मिनि मार्केटको गिफ्ट पसलमा पेस्तोल किन्न गएका एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेका २१ वर्षीय सुजन गिरी रहेका छन्। 

गिफ्ट पसलमा पेस्तोल पाइन्छ भनेर सोधिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

प्रारम्भिक सोधपुछ गर्दा उनी ५/६ दिनदेखि उदयपुर त्रियुगा नगरपालिका-११ स्थित मेलिना होटलमा बस्दै आएको खुलेको थियो। 

होटलमा खान तलासी गर्दा प्रहरीले एक लाख ८५ हजार ४१५ नेपाली रुपैयाँ, २ लाख ५९ हजार एक सय भारती रुपैयाँ, २९२ अमेरिकी डलर, ८० युरो फेला परेको थियो। 

साथै मोबाइल, बुद्धचित्त, रुद्राक्ष माला लगायतका सामग्री पनि फेला परेको प्रहरीले जनाएको छ। 

थप अनुसन्धान गर्ने क्रममा निजले काठमाडौंस्थित बौद्धबाट बरामद भएका सामानहरू केही दिनअघि चोरी गरेको भन्ने खुल्न आएकाले प्रहरी वृत बौद्ध काठमाडौं पठाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.