सामसङ वासिङ मेसिनको डिजिटल इन्भर्टर मोटर्समा २० वर्षसम्मको वारेन्टी

काठमाडौं : इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो वासिङ मेसिनहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरूमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा पहिलो पटक २० वर्षको वारेन्टी प्रदान गरेको छ।
कम्पनीका अनुसार यसले ई-वेष्ट न्यूनीकरण गर्ने र उपभोक्ताहरूलाई उच्च गुणस्तरीय र टिकाउ उपकरणहरू प्रदान गर्दै दिगो जीवनशैली प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई प्रस्तुत गरेको कम्पनीले जनाएको छ।
आधुनिक प्रविधिमा अग्रसर सामसङले आफ्ना प्रोडक्टहरुमा एडभान्स डिजिटल इन्भर्टर कम्प्रेसर र डिजिटल इन्भर्टर मोटर प्रयोग गरी, आफ्ना उपकरणहरुको गुणस्तरलाई अझ मजबुद बनाई उपभोक्ताको विश्वास सजिलै जित्ने कम्पनीको दावी छ।
सामसङको सस्टेनएबलिटी भिजनलाई आत्मसाथ गर्दै आफ्ना वासिङ मेसिन र रेफ्रिजरेटरहरूमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर्स र कम्प्रेसरहरूमा २० वर्षको वारेन्टी ल्याएको छ।
प्रतिक्रिया दिनुहोस !
