हुलाकी राजमार्गको प्रगति सुस्त

सम्पन्न लक्ष्य नजिकिँदै, अझै ३९ प्रतिशत काम बाँकी

हुलाकी राजमार्गको प्रगति सुस्त

काठमाडौं : नेपालको पूर्वपश्चिम हुँदै तराईका बस्तीमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको हुलाकी लोकमार्ग आयोजनाको प्रगति सुस्त देखिएको छ। निर्माण सम्पन्न हुने अवधि साढे ६ महिना मात्रै बाँकी हुँदा अझै ३८.८८ प्रतिशत बाँकी नै छ।

हुलाकी राजमार्ग आर्थिक वर्ष २०६६-०६७ बाट सुरु भएको यो आयोजना आर्थिक वर्ष २०७९-०८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। लक्ष्यअनुसार यो आयोजना चालू आर्थिक वर्षभित्रै सकाउनु पर्नेछ। तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागबाट सार्वजनिक भएको आ.व. २०७८-०७९ को वार्षिक प्रतिवेदनअनुसार हालसम्मको समष्टिगत भौतिक प्रगति ६१.१२ प्रतिशत मात्रै भएको छ। वित्तीय प्रगति ५२ अर्ब १८ करोड रुपैयाँ अर्थात् ८०.०३ प्रतिशत छ। हालसम्ममा कुल १ हजार ७ सय ९२ किमिमध्ये ८ सय ९१ किमि कालोपत्रे सम्पन्न भएको विभागले जनाएको छ। यसबाहेकका बाँकी ४ सय  किमि सडक निर्माणाधीन अवस्थामा छ। राजमार्गमा कुल २ सय १९ पुल बनाउनु पर्नेछ। यसमध्ये हालसम्म १ सय १५ वटा पुल सम्पन्न भएको विभागले जानकारी दिएको छ।

पूर्वमा झापा केचनादेखि पश्चिममा कञ्चनपुर दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने सो राजमार्गको प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रुपैयाँ थियो। तर पछि यसलाई संशोधन गरी लागत ६५ अर्ब २० करोड रुपैयाँ पुर्‍याइएको छ। 

मधेस प्रदेशमा रहेको हुलाकी राजमार्ग पूर्वाधार विकासका राष्ट्रिय आयोजनामध्ये एक हो। यो प्रदेशमा  निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूको काम द्रुत गतिमा अघि बढिरहेको छ भने जयनगर—जनकपुर कुर्था रेल्वे सञ्चालनमा आइसकेको छ। हुलाकी राजमार्ग निर्माणको कार्य प्रगतिमा वृद्धि हुने, जयनगर जनकपुर कुर्था रेल्वेको बाँकी खण्ड विस्तार भई बिजलपुरा हँुदै बर्दिबाससम्म पुर्‍याउन काम अघि बढिरहेको तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउन सरकारले बजेट र कार्यक्रम अघि बढाएकाले आगामी वर्षमा पूर्वाधार क्षेत्रको प्रगतिमा उल्लेख्य वृद्धि हुने नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयको अध्ययन प्रतिवेदनमार्फत अनुमान गरिएको छ।

स्थानीय तहमा नयाँ जनप्रतिनिधिको आगमनसँगै कामले नयाँ दिशा पहिल्याएको देखिन्छ। स्थानीय आवश्यकता अनुरूपको विकास निर्माणको पहिचान, जनताको विकासप्रति जागरुकता र निर्माण सामग्रीको सहज उपलब्धतालगायतका कारणले मधेस प्रदेशमा आगामी दिन पूर्वाधार निर्माणको गतिमा अझ तीव्रता आउने  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८-०७९ को वार्षिक अध्ययनमा उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.