दाङमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

दाङमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

दाङ : दाङमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। 

प्रहरीले घोराही उपमहानगरपालिका-४ सुनपुरका १९ वर्षीय बिक्रमभण्डारी, गढवा-६ का २८ वर्षीय मनोजकुमार यादव र २१ वर्षीय विशाल परियारलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो। 

प्रहरीले तीन जनामध्ये भण्डारीलाई घोराही-१८ फुटबल ग्राउण्ड नजिकबाट ब्राउनसुगरसहित पक्राउ गरेको हो। यादव र परियारलाई लमही-४ अर्नवाबाट पक्राउ गरेको हो। 

प्रहरीले भण्डारीको साथबाट प्लाष्टिकसहित १ दशमलव १ ग्राम ब्राउनसुगर बरामद गरेको छ भने यादव र परियारको साथबाट ५ दशमलव ३२ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको छ। 

पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.