पूर्वगृहमन्त्री खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

पूर्वगृहमन्त्री खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

पोखरा : गण्डकी प्रदेशमा एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले आज मुख्यमन्त्री दाबी पेस गर्दै छन्। सत्ता साझेदार दलहरुले सातवटै प्रदेशका मुख्यमन्त्रीको बाँडफाँड टुंगो लगाएसंगै एमालेले गण्डकी पाएकाले अधिकारीले मुख्यमन्त्री दाबी पेश गर्ने भएका हुन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार (आज) बेलुका ४ बजेसम्म सरकार गठनका लागि समय दिएका छन्। पुस २१ गते प्रदेश प्रमुख गुरुङले ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आब्हन गरेका थिए।  

कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित अधिकारी स्वास्थ्यमन्त्री र गृहमन्त्री भइसकेका छन्। आम निर्वाचन २०७९ मा एमालले मुख्यमन्त्रीको रुपमा अधिकारीलाई प्रदेशमा उठाएको थियो। ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्छ। एमालेसँग २२, माओवादी संग ८ सिट केन्द्रीय गठबन्धनमा सामेल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको गण्डकीमा २ सिट छ। तीन दल मिलेर गण्डकीमा ३२ सिट पुग्छ। 

गण्डकीमा एकीकृत समाजवालीमा प्रवेश गरेका राजीव गुरुङले (दिपक मनाङे) पनि अधिकारीलाई भेटेर विश्वासको मत दिने आश्वासन दिएका छन्। गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको २७ सिट सांसद रहेका छन् 

सत्ता गठबन्धनको प्रारम्भिक भागबन्डामा प्रदेश सरकारका मुख्यमन्त्रीसहित एमाले ४, माओवादीका ४ र राप्रपाको १ मन्त्रालय बनाउने तयारी रहेको बताइएको छ। पहिलो चरणमा भने सबै पाटीको समेटिने गरी मन्त्रीमण्डल बन्ने बताइएको छ। सत्ता गठबन्धनको भागबन्डामा माओवादीबाट सभामुख पाउने निश्चित भएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.