नुवाकोटका चार क्रसरमा ताला
नुवाकोट : सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको नेतृत्वमा सोमबार गएको अनुगमन टोलीले चारवटा क्रसरमा ताला लगाएको छ।
उनका अनुसार कानूनविपरीत सञ्चालनमा रहेको भेटिएपछि लिखु गाउँपालिकाको दुई, पञ्चकन्या र तादी गाउँपालिकाका एकेक गरी चारवटा क्रसरमा ताला लगाइएको हो।
अनुगमन टोलीले लिखु गाउँपालिका-१ स्थित सुर्यकुण्ड रोडा ढुंगा उद्योग प्रालि, लिखु-४ स्थित क्षेत्रपाल क्रसर प्रालि, तादी गाउँपालिका-३ स्थित दुप्चेश्वर क्रसर उद्योग र पञ्चकन्या गाउँपालिका-२ नेसनल लाईन एण्ड स्टोन प्रालिमा ताला लगाएको हो।
यसका साथै टोलीले लिखु-४ को मृत सन्जिवनी क्रसर र पञ्चकन्या गाउँपालिका-२ मा रहेको नाट्येश्वरी रोडा ढुंगा उद्योग प्रालिलाई सचेत गराएको छ।
अनुगमन टोलीले ताला लगाएका क्रसरहरुलाई सात दिनभित्र आधिकारिक पत्रसहित विवरण खुलाई पेश गर्न निर्देशनसमेत दिएको छ।