कर्णालीका मुख्यमन्त्री शर्माले लिए शपथ

सत्ता गठबन्धनमा थप छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र मन्त्रालयको पनि भागबण्डा गर्ने तयारीमा मुख्यमन्त्री छन् ।

कर्णालीका मुख्यमन्त्री शर्माले लिए शपथ

सुर्खेत: कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनी बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री शर्मालाई कर्णालीका प्रदेश प्रमुख तिलक परियारले बिहीबार एक समारोहकाबीच शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्रीले शपथ लिएसँगै बिहीबार नै मन्त्रिमण्डल पनि विस्तार गरेका छन् ।

मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र माओवादीका सांसद मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । दैलेखको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित शाह र मुगुको प्रदेशसभा (ख) बाट निर्वाचित शाहीले पनि बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन । सत्ता गठबन्धनमा थप छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र मन्त्रालयको पनि भागबण्डा गर्ने तयारीमा मुख्यमन्त्री छन् ।

सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले तीन र माओवादीले मुख्यमन्त्री तथा अरु तीन वटा मन्त्रालय लिने सहमति भएको छ ।

कर्णालीमा मन्त्रालयको संख्या सात बनाउने सत्ता गठबन्धनको तयारी छ । सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले तीन र माओवादीले मुख्यमन्त्री तथा अरु तीनवटा मन्त्रालय लिने सहमति भएको छ । सोही सहमतिको आधारमा मन्त्रालयको भागबण्डा गरेर बाँकी मन्त्री नियुक्त हुने बताइएको छ । मुख्यमन्त्री शर्माले आफ्नो पहिलो प्राथमिकता कर्णालीको गरिबी न्यूनिकरणमा केन्द्रीत हुने बताएका छन् ।

प्रदेशको गरिबी न्यूनिकरण गरेर मात्र समृद्धि हाँसिल गर्न सकिने उनको भनाइ छ । शर्माले २५ जना सांसदको हस्ताक्षरसहित बुधबार प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । 

उक्त दाबीपछि प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शर्मालाई बुधबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । वर्तमान सत्ता गठबन्धनको भागवण्डामा कर्णालीमा सरकारको नेतृत्व माओवादीको भागमा परेको थियो ।

शर्मालाई माओवादीका १३,एमालेका १०,एकीकृत समाजवादीका एक र राप्रपाका एक जना सांसदको समर्थन छ । ४० सदस्यीय प्रदेशसभा रहेको कर्णालीमा बहुमतको सरकार गठन गर्न कम्तिमा २१ जना सांसद चाहिन्छ । मुख्यमन्त्री शर्माको पक्षमा २५ जना सांसद छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस प्रतिपक्ष बनेको छ । यहाँ काँग्रेस १४ सांसदसहित पहिलो दल बनेको छ । यस्तै एकजना स्वतन्त्र सांसद छन् । 
    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.