‘त्यो मान्छे’ सार्वजनिक

काठमाडौं : ‘त्यो मान्छे’ बोलको गीत सार्वजनिक भएको छ।
भूपेन्द्रबहादुर भण्डारीको डेब्यु निर्देशन तथा नेपाल आइडल सीजन–२ का विजेता रवि ओडको स्वरमा उक्त गीत सार्वजनिक भएको हो।
गीतामा भीम विसीले संगीत भरेका छन भने राज भण्डारी र सविना राउतको मुख्य भूमिका रहेको छ। सो म्यूजिक भिडियोमा निर्देशक भण्डारी, दृष्टि केसी लगायतको अभिनय रहेको छ।
नव निर्देशक भण्डारीको सांगीतिक कथावस्तुले यो म्युजिक भिडियोको मर्मलाई न्याय दिएको निर्माता कृष्णा चौलागाइँ बताउँछिन्।
म्युजिक भिडियोले गीतको मर्मलाई सार्थक बनाएको गायक ओडको भनाइ छ। जनसवाल मिडिया प्रालिले उत्पादन गरेको उक्त म्युजिक भिडियो सवाल मिडियाले बजारमा ल्याएको हो।
प्रतिक्रिया दिनुहोस !
