झापाको माई मेलामा भक्तजनको घुइँचो

झापाको माई मेलामा भक्तजनको घुइँचो

झापा: झापाको कनकाई-माई नदी किनारमा लागेको माई मेलामा भक्तजनको घुइँचो लागेको छ। आज मकर अर्थात् माघे सङ्क्रान्ति हो। हरेक वर्ष आजको दिन स्वतःस्फूर्त रुपमा कनकाई-माई नदी किनारमा भव्य मेला लाग्दै आइरहेको छ।

 
धार्मिक आस्था र विश्वास राख्ने भक्तजनले मकर सङ्क्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप तप, तीर्थ, व्रतलाई उत्तम मानिन्छ।
 
त्यसैले नदीमा नुहाएर पूजाआर्चना गरे आफूले चिताएका मनकामना पूरा हुने धार्मिक विश्वास रहेको भक्तजनहरू बताउँछन्। आइतबार बिहानैदेखि नदी किनारमा पूजापाठ गर्नेहरूको घुइँचो छ।


 
कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष आयोजक समितिले मेला लगाएनन्। यसपल्ट आयोजक समितिले भव्य मेलाको आयोजना गरेको छ। विगतमा तीन दिन लाग्दै आएको मेला अहिले पाँच दिनसम्म लाग्ने गरेको छ। कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको संयुक्त आयोजनामा नदीको दुवै किनारमा मेला लगाइएको छ।
 
कनकाई पुल पूर्वपट्टि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र कनकाई पुल पश्चिमपट्टि शिवसताक्षी नगर प्रमुख मेघा हाङ थोप्राले मेलाको उद्घाटन गरेका थिए।
  
मेलामा रोटेपिङ, विभिन्न खेल तमासा, ब्रेकडान्स, बटर फ्लाई, कोलम्बस, विभिन्न जातजातिका झाँकी, कला साहित्यका विविध कार्यक्रम आयोजना गरिएको स्थानीय लक्ष्मण अधिकारीले बताए।


 
माई मेलामा यो वर्ष २ लाख तीर्थयात्री मकर स्नान गर्न आउन सक्ने अनुमान गरिएको उनले बताए। मेलाका कारण पूर्व पश्चिम राजमार्ग अन्तरगतको कनकाई नदीको पुलमा भिडभाड नियन्त्रणका लागि नदीमै आयोजक समितिले काठको पुल निर्माण गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। 

मेलाको सुरक्षा व्यवस्था कडा बनाइएको बताउँदै डीएसपी पाठकले भने, ‘कनकाई पुल पारीवारि दुई डीएसपीको नेतृत्वमा तीन सय सुरक्षाकर्मी परिचालन गरिएको छ।’
 
राजमार्गमा ट्राफिक व्यवस्थाका लागि ट्राफिक प्रहरी र मेला स्थलमा सादा पोसाकमा पनि प्रहरी खटाइएको उनले बताए । माई मेलामा झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ लगायत भारतको सिलिगुडी, सिक्किम, दार्जिलिङ, असाम, मणिपुर लगायत भुटानबाट पनि भक्तजनहरू आउने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.