जो अनुभवी थिए

जो अनुभवी थिए

पोखरा : कमल केसी नेपाली हवाई उड्डयनको क्षेत्रमा अनुभवी र ख्यातिप्राप्त पाइलट थिए। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएपछिको डेमो उडानमा यती एयरलाइन्सको जहाज उडाएर त्यहाँ अवतरण गराउने पाइलट कमल केसी नै हुन्। तिनै केसीले आइतबार पनि यती एयरलाइन्सकै नियमित उडान स्वरूपको पहिलो खेप काठमाडौं—पोखरा गर्न भ्याइसकेका थिए। 

जसै दोस्रो उडानका लागि केसी आफूसहित चालक दलका ४ जना र ६८ यात्रुसहित पोखरा उडान गर्दै थिए, उनको जहाजले विमानस्थलमा अवतरण गर्न सकेन। बरु, उनको प्राण पखेरुले उडान भर्‍यो। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि उनको पोखरा आवतजावत बाक्लिएको परिवारजन बताउँछन्। उनले पोखरालाई गन्तव्य बनाएर धेरै उडान गर्न रुचि थियो, त्यो किन भने उनी पोखराकै हुन्। 

केसी पाइलटिङका प्रशिक्षक पनि हुन्। आइतबारको उडानमा सहचालक रहेकी अञ्जु खड्कालाई पनि उनले प्रशिक्षण दिइरहेका थिए। खड्का प्रशिक्षण अन्तिम चरणमा पुगिसकेकी थिइन्। केसीले केही समयअघि मात्रै थाइल्यान्ड प्रशिक्षण दिई फर्किएका थिए। 

उहाँ हाम्रो गाउँको सान र मान माथि उठाउने व्यक्तित्व हुनुहुन्थ्यो । गएको वर्ष उहाँलाई रूपा रत्न अर्पण गरेका थियौं ।
नवराज ओझा,अध्यक्ष, रूपा गाउँपालिका

कास्कीको रूपा गाउँपालिकाको फल्याङकोटमा ५९ वर्षअघि जन्मिएका केसी गाउँकै पहिलो पाइलट भएको पालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए। ‘उहाँ हाम्रो गाउँको सान र मान माथि उठाउने व्यक्तित्व हुनुहुन्थ्यो,’ उनले भने, ‘गएको वर्ष उहाँलाई रूपा रत्न अर्पण गरेका थियौं ।’ 

केसीले अमेरिकाको टेक्सासबाट पाइलट कोर्स पूरा गरेका थिए। पालिका अध्यक्ष ओझाका अनुसार ५ वर्ष भारतमा र डेढ दशक नेपाल वायुसेवा निगममा कार्य गरी केसीले पछिल्लो समय यती एयरलाइन्सका जहाज उडाउँदै आएका थिए। छोरा पाइलट हुँदा खुसी उनका बुवाआमा आइतबार थकथकी मानिरहेका थिए। 

पोखरा आउजाउ बाक्लियो र अब धेरै भेट हुने भयो भन्ने आशा गरेका बाबु वीरेन्द्र र आमा मीना आइतबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृह परिसरमा छोरालाई अन्तिमपटक देख्न चाहन्थे। तर, उनीहरूका आँखा आँसुले मात्रै भरिएका थिए। भक्कानिएका उनीहरू केवल छोराछोरामात्रै भनिरहेका थिए, आफैंलाई सम्हाल्न सकिरहेका थिएनन्।

काठमाडौंमा बस्दै आएका पाइलट केसीका आमाबाबु भने पोखरामा बस्छन्। उनका श्रीमती र २ छोरा छन्। अनुभवी र प्रशिक्षकसमेत रहेका पाइलटले नै उडाएको जहाज कसरी दुर्घटना पर्‍यो ? आफन्तजन र सहकर्मीहरू दुखद् आश्चर्यमा परेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.