दिपायल विमानस्थल :स्तरोन्नति भयो, जहाज आउँदैन

दिपायल विमानस्थल :स्तरोन्नति भयो, जहाज आउँदैन

डोटी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामध्येको सबैभन्दा पुरानो दिपायल विमानस्थल स्तरोन्नति भइ कालोपत्रे भएको दुई वर्ष बितिसक्दा पनि नियमित रुपमा उडान भइरहेको छैन।

दिपायल विमानस्थलको स्तरोन्नति गर्ने कार्यका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनबीच २०७३ सालमा चार सय ९० मिटर लम्बाईको धावनमार्ग निमार्ण र कालोपत्रे सहितको लागि ६ करोड ८० लाख कबुल अङ्कसहितको ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७६ साल असार मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने भएपनि एक वर्ष म्याद थप भई २०७७ सालमा काम सम्पन्न भएको थियो ।

स्तरोन्नतिको काम सम्पन्न भइ २०७७ साल असोज १७ गते समिट एयरलाइन्सले उडान परीक्षण गरेको थियो । उडान परीक्षणपछि केही समय समिट एयरले निरन्तरता दिएको थियो । समिट एयरले निरन्तरता दिन नसकेपछि नेपाल एयरलाइन्सले जहाज उडान सुरु गर्‍यो । सुरुमा हप्तामा दुई पटक उडान गर्ने निर्णय गरेको एयरलाइन्सले कहिले कोभिड, कहिले यात्रु छैन भन्दै आलटाल गर्दै आफू अनुकूल महिनामा २ पटक १ पटक जहाज उडाउँदै थियो तर, पछिल्लो समयमा पाँच महिनायता उडान पूर्ण रूपमा बन्द भएको छ । 

पाँच महिना भयो विमान नआएको

दिपायल विमानस्थलमा अहिले जहाज नआएको  पाँच महिना भएको छ । धनगढीदेखि दिपायलको अन्तिम उडान २०७९ साल भाद्र ६ गते भएको थियो त्यस पश्चात् हालसम्म उडान पूर्णरूपमा बन्द भएको डोटी नागरिक उड्डयन कार्यालय दिपायलले जानकारी दिएको छ । 

विमानस्थलको स्तरोन्नति भएको केही समय सम्म हप्ता र महिनामा कहिलेकाहीँ जहाज आउँथ्यो अहिले त त्यो पति पूर्ण रूपमा बन्द भएको स्थानीय कर्ण रावलले बताए । उनले भने,‘दिपायल विमानस्थल सञ्चालन भइसकेपछि बीचमा लामो समय सम्म बन्द हुँदा गौचरणमा परिणत भएको थियो त्यसपछि बीचमा स्तरोन्नति हुँदा अब नियमित सञ्चालन हुन्छ भन्ने लागेको थियो अझ बन्द भइसक्यो । फेरी यस्तै अवस्था हो भने पुनः गौचरणमा परिणत नहोला भन्न सकिदैन ।’

नेपाल एयरलाइन्सले विमान अभावका कारण डोटी उडान भर्न नसकेको नेपाल बायु सेवा निगम धनगढीका स्टेसन इन्चार्ज विमल विक्रम शाहीले बताए । उनले भने,‘केन्द्रले विमान पठाउँदैन,विमान २ वटा मात्र छ कहिले काहीँ बिग्रिन्छ,नेपालगञ्जसम्म मात्र आउँछ यता सुदूरपश्चिम पटाउँदैन । स्टेसन इन्चार्ज शाहीलाई समेत अब सुदूरपश्चिममा नेपाल एयरलाइन्सको विमान आउँछ वा आउँदैन भनेर कुनै जानकारी छैन ।’

१८ सिट भएको नेपाल एयरलाइन्सको विमानले हप्ताको दुई दिन धनगढीबाट डोटी,अछाम,बाजुरा र बझाङमा उडान भर्दै आएको थियो ।

बन्द विमानस्थलमा नयाँ संरचना बन्दै 

दिपायल विमानस्थलमा लामो समयदेखि जहाज नआए पनि नयाँ भौतिक संरचना निमार्ण कार्यले निरन्तरता पाएको छ । डोटी विमानस्थल आयोजनाअन्तरगत विमानस्थलको टर्मिनल भवन र टावर निमार्ण कार्य सुरु भएको डोटी नागरिक उड्डयन कार्यालय दिपायलका पूर्व प्रमुख विजय पटेलले बताए ।

टर्मिनल भवन र टावर निमार्ण गर्न ५ करोड ९ लाखको लागतमा २०७९ असार बाट कार्य प्रारम्भ भई २०८० मङ्सिरमा सम्पन्न गर्ने गरी टीडीआर कस्ट्रक्सन निमार्ण कम्पनी धनगढीसँग सम्झौता भई निमार्ण कार्य सुरु भएको समेत पटेलले जानकारी दिए ।

डोटी नागरिक उड्डयन कार्यालय दिपायलका पूर्व प्रमुख विजय पटेल पुस ४ गते अछाम जिल्ला सरुवा भएर गइसकेपछि कार्यालय प्रमुखको जिम्मेवार हाल सम्म कसैलाई तोकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.