नुवाकोटको तारुकामा दुई दिन गोरु जुधाइयो

नुवाकोटको तारुकामा दुई दिन गोरु जुधाइयो

नुवाकोट : माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारुकामा यस पटक दुई दिनसम्म गोरु जुधाइएको छ। 

आइतबार र सोमबार तारुकाको चन्दनीमा गोरु जुधाई महोत्सव गरिएको हो। 

यहाँ २८ हल गोरु जुधाइएको तारुका गोरु जुधाई महोत्सवका संयोजकसमेत रहेका गोरुपालक किसान मदनकुमार श्रेष्ठले बताए।

पन्चकन्या गाउँपालिका- ३ पिपलडाँडामा ११ हल गोरु जुधाइएको आयोजक समितिका संयोजक गणेश खनालले बताए। विदुर नगरपालिका- १० बेत्रावतीमा यस वर्ष ९ हल गोरु जुधाइएको छ।

मेला अवलोकन गर्न नुवाकोटसहित रसुवा, काठमाडौं, धादिङ, गोरखा, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेबाट समेत आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.