निरौला र शर्माको पुस्तक छनोट

नयाँदिल्ली : भारतको प्रतिष्ठित केएलएफ बुक अवार्डमा दुई नेपाली लेखकहरू छनोट भएका छन्। साहित्यकार रञ्जना निरौलाको निबन्धसंग्रह ‘अनुभूतिको अवतरण’ र लेखक सुमित शर्मा ‘समीर’ को पुस्तक ‘वेक अप अर्ली वेक अप नाउ’ पुस्तक केएलएफ बुक अवार्डका लागि छनोट भएको हो।
रञ्जना सम्पादक, समालोचक, नेपाली र अंग्रेजी साहित्यमा कलम चलाउने कवि, प्यानलिस्ट, अनुसन्धानकर्ता, क्युरेटर तथा वक्ता हुन्। सुमित लन्डन स्कुल अफइ कोनोमिक एन्ड पोलिटिकल साइन्स, र क्वीन्स युनिभर्सिटी क्यानडाका स्नातक हुन्। उनले लोयओला कलेज चेन्नईबाट समाजशास्त्रमा स्नातक पूरा गरेका छन्। ‘वेक अप अर्ली वेक अप नाउ’ नेपाली भाषाबाट अनुवाद गरिएको उनको पहिलो कथा कृति हो। उनी बेलायती राजदूतावास काठमाडौंमा राजनीतिक सल्लाहकारका रूपमा कार्यरत छन्।
केएलएफ बुक अवार्डले स्थापित र नयाँ लेखक दुवै विधाका साहित्यिक प्रतिभाहरूलाई सम्मान गर्ने गर्दछ। भुवनेश्वरमा आगामी फेब्रुअरी २४, २५ र २६ मा हुने हुने केएलएफको वार्षिक कार्यक्रममा पुरस्कार प्रदान गरिने जनाइएको छ। कलिङ लिटरेरी फेस्टिभलले विभिन्न श्रेणीहरूमा अवार्ड घोषणा गरेको छ।
प्रतिक्रिया दिनुहोस !
