राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका दसौदी र कांग्रेसका आचार्यबीच प्रतिस्पर्धा

राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका दसौदी र कांग्रेसका आचार्यबीच प्रतिस्पर्धा

दाङ : राष्ट्रिय समा सदस्यको उपनिर्वाचनको लागि बुधवार उम्मेदवारी दर्ता गरिएको छ। लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यले कार्यकालको बीचमा राजीनामा दिएपछि लुम्बिनीमा उपनिर्वाचन हुन लागेको हो।

माघ २५ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा (एमाले) र नेपाली कांग्रेसले उम्मेदवारी दिएका छन्। सत्तारुढदलको साझा उम्मेदवारको रूपमा रोल्पाका एमाले नेता कुमार दसौदीले मनोनयन दर्ता गरेका छन्।

मनोनयन दर्ताका लागि दिइएको समयअनुसार बुधबार दिउँसो १ बजे सत्तारूढ दलको तर्फबाट निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमाले केन्द्रीय सदस्यसमेत रहेका दसौदीले मनोनयन दर्ता गराएका हुन्।

दसौदीको समर्थकमा प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा दाङको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल रहेका छन्। श्रेष्ठ राप्रपाबाट प्रदेशसभा सदस्य र शर्मा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टाईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो।

त्यस्तै नेपाली कांग्रेसले माधवप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ। आचार्यले बुधवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रिय सभा सदस्यको मनोनउन दर्ता गराएका हुन्। उनी नेपाली कांग्रेस रोल्पाका पूर्व जिल्ला सभापतिसमेत हुन्।

चार दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा संक्रिय महासमिति सदस्य आचार्यको प्रस्तावकमा दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी रहेका छन्। दुवै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।

लामो समय पार्टी राजनीतिसमेत गरेको र जनताको सेवा गर्ने अवसर प्राप्त नभएकाले पार्टीको आग्रहमा आफू राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेको आचार्यले बताए।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि नागरिक उनमुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेशसभा सदस्य धर्मराज चौधरीको प्रस्तावक र प्रदेशसभा सदस्य राजकुमार चौधरीको समर्थनमा रायले उम्मेदवादवारी दर्ता गराएका हुन्।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ। लुम्बिनी प्रदेशमा कूल मतदाता संख्या ३०५ रहेको छ। जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २ सय १८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। प्रदेशका १०९ पालिकामध्य कांग्रेसले ४८ पालिकामा जितेको छ।

त्यसैगरी एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २ र २ तथा राप्रपा र जनता प्रगतिशीलले १ र १ स्थानमा जितेका छन । त्यस्तै प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४-४, जसपा, लोसपा र जनमतले ३-३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १-१ र स्वतन्त्र बाट २ जनाले जितेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.