कर्णाली र बागमतीमा मन्त्रिपरिषद्लाई पूर्णता

कर्णाली र बागमतीमा मन्त्रिपरिषद्लाई पूर्णता

सुर्खेत/ हेटौंडा : कर्णाली र बागमती प्रदेशमा सरकार गठनले पूर्णता पाएको छ। कर्णालीमा सातवटा मन्त्रालयसहित मुख्यमन्त्री राजकुमार शर्माले बुधबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् भने बागमतीमा बुधबार ८ जना नयाँ मन्त्रीहरूले गोपनीयताको शपथ लिएसँगै प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। 

कर्णालीमा एमाले र माओवादीले मन्त्रीको टुंगो लगाएपछि मन्त्रिपरिषद्ले पनि पूर्णता पाएको हो। गत पुस २७ गते माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए। यसअघि मुख्यमन्त्रीले शपथ ग्रहण गर्दा नै दुई जना मन्त्री नियुक्त गरेका थिए। तर, मन्त्रालयको भागबन्डामा सहमति नजुट्दा उनीहरू पनि विना विभागीय थिए। एमाले र माओवादीबीच सहमति जुटेपछि बुधबार भने मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। कर्णालीमा सातवटा मन्त्रालय छन्। जसअनुसार मुख्यमन्त्रीसहित माओवादीले चार र एमालेले तीनवटा मन्त्रालय पाएका छन्। माओवादीको तर्फबाट मुख्यमन्त्रीमा राजकुमार शर्मा, भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रीमा मंगलबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कृष्णबहादुर जिसी र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा भीमप्रकाश शर्मा नियुक्त भएका छन्। यस्तै माओवादीकै तर्फबाट उर्मिला विश्वकर्मालाई भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री बनाइएको छ। 

त्यसैगरी बागमती प्रदेशको मन्त्रीपरिषद्ले पनि बुधबार नै पूर्णता पाएको छ। बुधबार थपिएका ८ जना मन्त्रीमा नेकपा एमालेका तीन, नेकपा माओवादी केन्द्रका तीन र राप्रपाका दुई जना रहेको छ। उनीहरूलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको सपथ खुवाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.