साहित्यकला प्रतिष्ठानको अध्यक्षमा डाक्टर कैलाश

उदयपुर: साहित्य विद्यामा गला र कलम चलाउनेलाई लक्षित गरी ‘उदयपुर साहित्यकला प्रतिष्ठान’ गठन गरिएको छ। साहित्यमा रुची राख्ने व्यक्ति र सर्जकहरुको जमघट, कला प्रर्दशन तथा संरक्षण गर्ने उदेश्यले त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख डा. कैलाश राईको अध्यक्षतामा प्रतिष्ठान खोलिएको हो।
साहित्यिक प्रतिष्ठानको उद्घाटन गर्दै भाषा आयोगका सदस्य तथा प्राज्ञ मातृकाप्रसाद पोखरेलले संस्था स्थापनाभन्दा पनि त्यसको दिगोपनकालागि सबैको साथसहयोग आवश्यक रहेको बताए। उदेश्यअनुरुप संस्थाले गर्ने साहित्यिक गतिविधि नै महत्वपूर्ण भएकाले साहित्यकलाको संरक्षण, प्रर्वद्धन र उत्पादनमा जोड दिन उनले आग्रह गरे।
उदयपुर निवासी पोखरेलले विगतलाई सम्झदै भने, ‘उदयपुरको साहित्यिक इतिहास लोकनाथ पोखरेलको लोकमञ्जरी नामक कविता सङ्ग्रहबाट शुरु भएको हो, त्यसलाई कायम राख्दै आगामी दिनमा उदयपुरको समस्त वाङ्मय क्षेत्रको इतिहास लेखिनुपर्छ।'
कार्यक्रममा साहित्यकार हिमालय पौडे्ल, उद्धव घिमिरे, योग्यश्वर घिमिरे, खिला घिमिरे ‘बूइपाखिरी', अनिल घिमिरे, गोपाल कीर्ति, सुमित्रा पोखरेल, हर्कनारायण श्रेष्ठ, ऋषि राई, अरुण कोइमी ‘दोभान'ले आफ्नो साहित्यक कला प्रस्तुत गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
